खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ ।
खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती २०८३ बैशाख ११ गते तदनुसार २४ अप्रिल २०२६ शुक्रबारका दिन अायोजना गर्ने भनिएको नयाँ वर्ष विशेष सांगीतिक कार्यक्रम स्थगित गरेको जनाएको हो । समाजको हिँजो १० अप्रिल २०२६ का दिन बसेको २३ अाैं बैठकले वर्तमान अबस्थामा विद्यमान अमेरिका-इजरायल र इरान युद्धको कारण सिर्जित मध्यपूर्वको क्षेत्रीय तनावले सिर्जना गरेको असहज परिस्थितिका कारण नेपालबाट अतिथि कलाकार कुवेत ल्याइ सांगीतिक कार्यक्रम सम्पन्न गर्न असहज भएकोले अर्को सूचना नभएसम्मको लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
समाजका अध्यक्ष विष्णुप्रसाद भट्टराईको सभाध्यक्षतामा साल्मिया स्थित एसियन चुलो नेपाली रेस्टुरेन्टको सभाकक्षमा बसेको बैठकले पूर्वनिर्धारित मितिमा सांगीतिक कार्यक्रम सम्पन्न गर्न नसकेकोमा दर्शक, शुभचिन्तकहरू प्रति क्षमा माग्दै परिस्थिति सहज भएलगत्तै कार्यक्रमको नयाँ मिति घोषणा गरिने जनाएको छ ।