Monday 6th April 2026

श्रमिक भै साउदी पुगेका तिलक मृगाैला रोगी भइ फर्के, उपचारारको लागि सहयोगको अपिल


वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने उनको स्वास्थ्योपचार गरि ज्यान बचाउनका लागि आर्थिक सहयोग जुटाइदिन देश विदेशमा रहेका नेपालीहरूलाइ परिवारले आग्रह गरेको छ ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नं. २ फुलपा स्थायी बसोबास भएका विपन्न आर्थिक अबस्थाका ३५ वर्षीय थामी घर परिवारको आर्थिक स्थिति सुधार गर्छु भनि करिब ५ वर्ष अघि वैदेशिक रोजगारीको लागि साउदी अरेबिया गएकोमा काम गर्न नै नसक्ने भइर् उल्टै मृगौला खराब भएर स्वदेश फर्केका हुन भने हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थय परिक्षण पश्चात उनको दुबै मृगौला खराब भएको र मृगौला डाइलासिसको साथै प्रत्यरोपण गर्नुपर्ने अस्पतालले जनाएको छ ।

घरको आर्थिक अबस्था अत्यन्त कम्जोर भएका थामीलाइ दोलखा स्थित भिमेस्वर नगरपालिकाले विपन्न नागरिकले पाउने सुविधा दिन अस्पताललाइ पत्राचार गरेको छ । दुबै मृगौला खराब भएकोले मृगौला डाइलासिस मात्र नभएर मृगौला प्रत्यारोपण समेत गर्नु पर्ने हुँदा सो को खर्च व्यहोर्न सक्ने अबस्था उक्त परिवारसँग नभएपछि परिवारले संसारभर छरिएर रहेका नेपालीहरूमा सहयोगको हात फैलाउँदै तिलकको मृगौला उपचारार्थ सहयोग गरि ज्यान बचाइदिन अनुरोध गरेको छ ।

घरमा वृद्ध बुबा-आमा, श्रीमती र एक छोरी भएका तिलकको अरू कुनै आम्दानीको श्रोत नभइ हाल उपचारको लागि समेत रकम अभाव भएपछि अस्पतालले डिस्चार्ज गरिदिएको छने निज पीडित अहिले काठमाडौं स्थित बहिनी पुजा थामीको कोठामा बसेर मृगौलाको उपचार गराउँदैछन् ।

सहयोग गर्न इच्छुक सहयोगदाताले पीडितकी बहिनी पुजा थामीको बैंक एकाउन्टमा सिधै जम्मा गर्न वा सहयोग संकलन गरि पठाउन पनि सकिनेछ ।

सहयोगको लागि बैक विवरणः
PUJA THAMI
SIDDHARTHA GEN – Z SAVING ACCOUNT
55506124255


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...