Saturday 14th February 2026

एनआरएनए विश्व सम्मेलनको कार्यतालिका


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको सूचनाअनुसार उक्त कार्यक्रम यही मार्च महिनामा भौतिक तथा अनलाइन (हाइब्रिड) माध्यमबाट सञ्चालन गरिनेछ।

संघको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद् (कार्य समिति) को बैठक निर्णयअनुसार कार्यक्रमको मिति, समय र स्थान तय गरिएको हो। सम्मेलन तथा महाधिवेशनमा विश्वभरका प्रतिनिधि तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको सहभागिता रहनेछ।

१२ औँ विश्व सम्मेलन – मार्च १४ तारिख

सूचनाअनुसार १२औँ विश्व सम्मेलन २०२५ मार्च १४ तारिख (वि.सं. २०८१ चैत १) शनिबार आयोजना हुनेछ। कार्यक्रम काठमाडौंको ताहाचलस्थित होटल “द सोल्टी काठमाडौं” मा बिहान ९:०० बजेबाट सुरु हुनेछ। सम्मेलनमा भौतिक उपस्थितिसहित अनलाइन माध्यमबाट समेत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ। सम्मेलनसम्बन्धी थप जानकारीका लागि संघको सचिवालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

१२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन – निर्वाचन

१२ औँ अन्तर्राष्ट्रिय महाधिवेशन मार्च १४–१६, २०२५ (वि.सं. २०८१ चैत १–३) सम्म शनिबार, आइतबार र सोमबार सञ्चालन हुनेछ। महाधिवेशन पनि होटल “द सोल्टी काठमाडौं” मा हुनेछ। निर्वाचनसम्बन्धी कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गर्ने जनाइएको छ। महाधिवेशन कार्यक्रमको विस्तृत तालिका पनि निर्वाचन समितिबाटै प्रकाशन गरिने सूचनामा उल्लेख छ।

वार्षिक साधारणसभा २०२५

वार्षिक साधारणसभा २०२५ मार्च १६ तारिख (वि.सं. २०८१ चैत ३) सोमबार बिहान ११:०० बजे सुरु हुनेछ। साधारणसभा पनि सोही स्थान होटल “द सोल्टी काठमाडौं” मा आयोजना हुनेछ। यसमा पनि भौतिक तथा अनलाइन माध्यमबाट सहभागी हुन सकिने व्यवस्था गरिएको छ।

संघले विश्वभर रहेका आफ्ना प्रतिनिधि, सदस्य तथा सरोकारवालालाई निर्धारित मिति र समयमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ। सम्मेलन, महाधिवेशन र साधारणसभाले संगठनको आगामी कार्यदिशा तय गर्ने, नीतिगत निर्णय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित शीर्षकहरु

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

निर्वाचन आयोगले आचारसंहिता लागू भइसकेपछि कुनै पनि राजनीतिक दलले “मतदाता प्रभावित पार्ने भड्किलो प्रचार वा शक्ति प्रदर्शन” गर्न नपाउने जनाएको…

प्रतिकृयाहरू
...