Monday 19th January 2026

बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको ८० वर्षको उमेरमा निधन


बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८० वर्षको उमेरमा उनको निधन भएको हो । उनी २० दिनदेखि भेन्टिलेटरमा थिइन् । उनका परिवारजन र पार्टी नेताहरूले निधनको पुष्टि गरेका छन् ।

खालिदा जिया विगत केही वर्षदेखि फोक्सोको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, गठिया र आँखाको समस्यासँग लडिरहेकी थिइन् ।

खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई पटक बंगलादेशकी प्रधानमन्त्री भएकी थिइन् । उनी पूर्वराष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...