Friday 3rd April 2026

कुवेतमा गोरखा समाज गठन, आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुँदै


तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम ऐतिहासिक अधिवेशन आगामी ६ फेब्रुअरी २०२६ शुक्रबारका दिन कुवेतको खैतान स्थित राजधानी होटलको सभाकक्षमा सम्पन्न गरिने भएको छ । गोरखा घर भइ कुवेतमा छरिएर रहेका आप्रवासी श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको भेलाले गोरखा समाज कुवेत गठन गर्ने निर्णय गरेको जनाउँदै भेलाले मदन पनेरूको संयोजकत्वमा एक तदर्थ समिति गठन गरिएको र सोही समितिलाइ अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको संयोजक पनेरूले मिडियासँगको कुराकानीमा बताए ।

ऐतिहासिक, सामाजिक, सामरिक, सांस्कृतिक पृष्ठमूमि बोकेको गोरखा जिल्लाबाट कुवेतमा आएर विभिन्न पेशा र व्यवसाय गरि बसेका सबै आप्रवासीहरूलाइ एकताको सुत्रमा बाँधेर सामाजिक सेवाको कार्यमा कृयाशिल हुने उद्देश्यका साथ गठन भएको यस संस्थाको नारा “गोरखा हाम्रो सान – नेपालीको पहिलो पहिचान“ रहेको छ भने समाजले वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न किसिमले अप्ठेरोमा परेका गोरखाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ समन्वय, सहजीकरण र सहयोग गर्ने तथा गृह जिल्लामा विभिन्न किसिमले समस्यामा परेकाहरूलाइ समेत सहयोग गर्दै अघि बढ्ने संयोजक पनेरूले बताएका छन् ।

समाजले कुवेतको नेपाली दूतावास, कुवेत कृयाशिल संघ संस्था तथा सामाजिक वुद्दिजीवी व्यक्ति व्यक्तित्वलाइ आधिकारिक रूपमा निमन्त्रणा गरिने जनाउँदै अधिवेशन कार्यक्रमलाइ सफल बनाउन चौतर्फी रूपमा साथ सहयोगको अपेक्षा गर्दै उक्त दिन कुनै पनि संघ संस्थाले कार्याक्रम नजुधाइदिनु हुन पनि विशेष अनुरोध गरेको छ ।

समाजले आगामी फेब्रुअरी अघि नै सदस्यता विस्तार गर्ने योजना राखेकोले गोरखा घर भइ हाल कुवेतमा रहनु भएका सबै गोरखाबासीहरूलाइ यसै समाचार मार्सफत समाजमा जोडिन आग्रह गर्दै तपसिल बमोजिमका व्यक्तिहरूलाइ सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

तपसिल
मदन पनेरू (संयोजक) – 98039897
विराज भट्ट – 97743691
अशोक श्रेष्ठ – 90932294
कुमारी गुरूङ – 99342913
मिलन राना मगर – +9779813399498 (whatsapp)
ज्ञान बहादुर परियार – 66281776
विकास गुरूङ – 41135655

कार्याक्रम विवरणः
“प्रथम ऐतिहासिक अधिवेशन”
मितिः ६ फेब्रुअरी २०२६ शुक्रबार ।
स्थानः राजधानी होटल, खैतान ।
समयः दिनको ११ः३० बजेदेखि ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...