Friday 3rd April 2026

जापानमा ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी


जापानमा आएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति ११ः१५ बजे भूकम्प गएको हो। अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन्। ३ मिटर अग्ला छालहरू आउन सक्छन्।

प्रशान्त क्षेत्रका होक्काइडो, आओमोरी र इवाते प्रान्तहरूमा सुनामीको चेतावनी जारी गरिएको छ। भूकम्पको केन्द्रबिन्दु ५० किलोमिटर गहिराइमा थियो।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्तीमा ३० जना घाइते भएका छन् भने हजारौं आफ्नो घर छोड्न बाध्य भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ।

जापानका प्रधानमन्त्री साने ताकाइचीले भने, ‘आफ्नो भूकम्पको तयारीको पुनः मूल्यांकन गर्नुहोस् र भूकम्पको झट्का महसुस भयो भने तुरुन्तै खाली हुन तयार रहनुहोस्।’ लगभग ९० हजार मानिसहरूलाई आफ्नो घर खाली गर्न आदेश दिइएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...