Wednesday 1st April 2026

नुवाकोट घादिङ रसुवा समाज कुवेतले आगामी १४ नोभेम्बरमा खुला फुटबल प्रतियोगिता गर्ने


कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा

“आपसी एकता हाम्रो उद्देश्य, समृद्धी समाज निर्माण गर्ने हाम्रो लक्ष्य” भन्ने मुल नाराका साथ कुवेतको नेपाली समाजमा सन २०१७ देखी कृयाशिल रहँदै आएको संस्था नुवाकोट धादिङ रसुवा समाज, कुवेतले आगामी १४ नोभेम्बर २०२५ शुक्रबारका दिन नेपाल र भुटान दुई राष्ट्रका टिमहरुलाई सहभागी गराई ब्रिहत दोश्रो फुटबल टुर्नामेण्टको आयोजना गर्ने घोषणा गरेको छ।

टुर्नामेण्ट सम्बन्धी धेरै पहिला नै मिडियाबाजी गरेको भए पनि खेल मैदान तय गराउन धेरै प्रयास गर्नु परेकोले टुर्नामेण्ट सम्बन्धी बिस्त्रित जानकारी दिन केही ढिलाई भएको आयोजकले जनाएको छ।

०७ नोभेम्बर २०२५ शुक्रबार, महबुल्लाको फुटबल मैदानमा टिम दर्ता र टाईसिट सार्वजनिक गर्ने जानकारी दिंदै, सम्पूर्ण नेपाली तथा भुटानी फुटबल टिमहरुलाई टुर्नामेण्टमा सहभागी हुनको लागि आव्हान गरेको छ भने सम्पूर्ण खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेको छ।

टुर्नामेण्ट सम्बन्धी बिस्त्रित जानकारी तपशिल बमोजिम रहेको छ।

तपशिल:
१) टिम दर्ता गराउने मिति: ०७ नोभेम्बर २०२५, शुक्रबार
२) टिम दर्ता स्थान र समय: महबुल्ला फुटबल मैदान, अपरान्ह ०२.०० बजे
३) आवश्यक कागजात: खेलाडिको नाम, सिभिल आईडी या पासपोर्टको कपी (टेलिफोन नम्बर सहित)
४) टाईसिट घोषणा मिति: ०७ नोभेम्बर २०२५, अपरान्ह ०३.०० बजे
५) दर्ता शुल्क: ३५ कुवेती दिनार (अनिवार्य बुझाउनु पर्ने अन्यथा दर्ता नहुने)
६) खेल मैदान: मंगाफ स्पोर्टस क्लवको फुटबल मैदान, मंगाफ, कुवेत
७) खेल हुने मिति र समय: १४ नोभेम्बर २०२५ शुक्रबार, बिहानको ठिक ०८.०० बजेदेखी

प्रथम पुरस्कार: ट्रफी, मेडल, प्रमाण–पत्र र ३०१ केडी
दित्तिय पुरस्कार: ट्रफी, मेडल, प्रमाण–पत्र र २०१ केडी
उत्कृष्ट टिम: ट्रफी र प्रमाण–पत्र
उत्कृष्ट खेलाडी: ट्रफी र प्रमाण–पत्र
उत्कृष्ट गोल रक्षक: ट्रफी र प्रमाण पत्र
हाईअर स्कोरर: ट्रफी र प्रमाण पत्र
सहभागी टिम: प्रमाण–पत्र
अम्पायर: मेडल र प्रमाण–पत्र

अन्य जानकारीको लागि समाजका कुनै पनि पदाधिकारीहरुलाई संपर्क गर्न सकिने छ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...