Monday 5th January 2026

हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो


हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन देशभरका शिवालयहरूमा विशेष पूजा–आराधना गरी मनाइँदैछ।

यस दिन महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा गर्दै निराहार वा निर्जला व्रत बस्ने परम्परा छ। विवाहित महिलाहरूले पतिको दीर्घायु, अटल सौभाग्य र पारिवारिक सुख–समृद्धिको कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाहरूले शिवजस्तै उत्तम वर प्राप्त होस् भन्ने अभिलाषा राख्छन्।

हिजोको दर (विशेष खानेकुरा खाई आज व्रत बस्ने) परम्परा कायमै छ। महिलाहरू रातो र हरियो पोशाक, चूडा, पोते लगाएर, नाचगान र उल्लासपूर्ण वातावरणमा तीज मनाउँदैछन्।

राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा आज बिहानैदेखि महिलाहरूको बाक्लो भीड लागेको छ। मन्दिर परिसर रातो र हरियाली पोशाकले झन् झकिझकाउ बनेको छ।

विभिन्न धार्मिक र सांस्कृतिक संघसंस्थाले भजन–कीर्तन, सामूहिक पूजा र तीज गीत–संगीतका कार्यक्रमहरू आयोजना गरेका छन्।

आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ ।
आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।


सम्बन्धित शीर्षकहरु

आज बिहान मलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाले कब्जा गरेको, साथै न्यूयोर्क शहरमा संघीय हिरासतमा राखिएको…

तमु समाज कुवेतले एक भव्य कार्यक्रमका बिच तमु ल्होछार/ल्होसार २०२६ मनाएको छ । समाजले हिँजो २ फेब्रुअरी २०२६ शुक्रबारका दिन…

बिहीबार इरानी तीन शहरहरूमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएको छ, जसमा छ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ -…

प्रतिकृयाहरू
...