Wednesday 11th March 2026

हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो


हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आज भाद्र शुक्ल तृतीयाका दिन देशभरका शिवालयहरूमा विशेष पूजा–आराधना गरी मनाइँदैछ।

यस दिन महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा गर्दै निराहार वा निर्जला व्रत बस्ने परम्परा छ। विवाहित महिलाहरूले पतिको दीर्घायु, अटल सौभाग्य र पारिवारिक सुख–समृद्धिको कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाहरूले शिवजस्तै उत्तम वर प्राप्त होस् भन्ने अभिलाषा राख्छन्।

हिजोको दर (विशेष खानेकुरा खाई आज व्रत बस्ने) परम्परा कायमै छ। महिलाहरू रातो र हरियो पोशाक, चूडा, पोते लगाएर, नाचगान र उल्लासपूर्ण वातावरणमा तीज मनाउँदैछन्।

राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा आज बिहानैदेखि महिलाहरूको बाक्लो भीड लागेको छ। मन्दिर परिसर रातो र हरियाली पोशाकले झन् झकिझकाउ बनेको छ।

विभिन्न धार्मिक र सांस्कृतिक संघसंस्थाले भजन–कीर्तन, सामूहिक पूजा र तीज गीत–संगीतका कार्यक्रमहरू आयोजना गरेका छन्।

आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ ।
आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।


सम्बन्धित शीर्षकहरु

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

प्रतिकृयाहरू
...