Wednesday 8th April 2026

झापाली समाज कुवेतद्वारा झापाका बिरामीलाइ ५१ हजार भन्दा बढि आर्थिक सहयोग


झापाली समाज कुवेतले झापाकी एक विरामीलाइ आर्थिक सहयोग गरेको छ । समाजले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको हो ।

खाद्य नलि पूर्ण रुपले बन्दभई थुक समेत निल्न नमिल्ने भएको र यस्को उपचार नेपालमा संभव नहुने भएकाले उपचारका लागि छिमेकी राष्ट्र भारत लगि उपचार गराउनु पर्ने भएकाले वडा कार्यालयको र परिवारको आर्थिक सहयोग आवहान पत्र आए पश्चात परिवारको कम्जोर आर्थिक अवस्थालाई गम्भीर मनन् गरि तिम्सीनालाई समाजबाट र केहि सहयोग गर्न चाहानु हुने सहयोगो मनहरुको सहयोगमा जीवन रक्षार्थ उपचारको लागि सहयोग गरेको झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डेले जानकारी दिए ।

“हाम्रो एकता विकासको लागि“ भन्ने मूल नाराका साथ २०१३ मा स्थापना भए देखि नै कुवेतमा स्थापित झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरुको आर्थिक उन्नती तथा झापा जिल्लाका साथै बिभिन्न जिल्लाहरुमा पनि विकासको लागि विभिन्न सहयोग र सामाजिक कार्यहरु गर्दै आएको झापाली समाज कुवेतका पुर्व अध्यक्ष एंव संरक्षक प्रसाद तिम्सीनाले जानकारी दिदै, यस सहयोगी कार्यमा केहि सहयोग गर्नका लागि जोडिनु हुने सबै सहयोगी मनहरु प्रति हार्दिक धन्यवाद दिएका छन् |


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...