Sunday 1st February 2026

झापाली समाज कुवेतद्वारा झापाका बिरामीलाइ ५१ हजार भन्दा बढि आर्थिक सहयोग


झापाली समाज कुवेतले झापाकी एक विरामीलाइ आर्थिक सहयोग गरेको छ । समाजले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको हो ।

खाद्य नलि पूर्ण रुपले बन्दभई थुक समेत निल्न नमिल्ने भएको र यस्को उपचार नेपालमा संभव नहुने भएकाले उपचारका लागि छिमेकी राष्ट्र भारत लगि उपचार गराउनु पर्ने भएकाले वडा कार्यालयको र परिवारको आर्थिक सहयोग आवहान पत्र आए पश्चात परिवारको कम्जोर आर्थिक अवस्थालाई गम्भीर मनन् गरि तिम्सीनालाई समाजबाट र केहि सहयोग गर्न चाहानु हुने सहयोगो मनहरुको सहयोगमा जीवन रक्षार्थ उपचारको लागि सहयोग गरेको झापाली समाज कुवेतका अध्यक्ष लिला पाण्डेले जानकारी दिए ।

“हाम्रो एकता विकासको लागि“ भन्ने मूल नाराका साथ २०१३ मा स्थापना भए देखि नै कुवेतमा स्थापित झापाली समाज कुवेतले समाजमा आवद्ध सदस्यहरुको आर्थिक उन्नती तथा झापा जिल्लाका साथै बिभिन्न जिल्लाहरुमा पनि विकासको लागि विभिन्न सहयोग र सामाजिक कार्यहरु गर्दै आएको झापाली समाज कुवेतका पुर्व अध्यक्ष एंव संरक्षक प्रसाद तिम्सीनाले जानकारी दिदै, यस सहयोगी कार्यमा केहि सहयोग गर्नका लागि जोडिनु हुने सबै सहयोगी मनहरु प्रति हार्दिक धन्यवाद दिएका छन् |


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

कुवेतस्थित नेपाली राजदूतावासले यहाँ कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै “श्रम सचेतना” सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम कोस्टा डेल…

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

प्रतिकृयाहरू
...