Monday 12th January 2026

चलचित्र “माग्ने राजा”को टिजर सार्वजनिक, भदौ ६ मा पर्दशनमा आँउने


चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात “माग्ने बुढा”को शिर्ष भूमिका रहेको नेपाली चलचित्र “माग्ने राजा” को टिजर सार्वजनिक भएको छ। आउदो भदौ ६ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा केदार घिमिरेलाई  नयाँ रुप, नयाँ यात्रा  उनले निभाएको भूमिकालाई लिएर फेरी चर्चा शुरु भएको छ।
टिजर हेर्दा  उनले  लगाएका ड्रेस,  रमाइला र कसिला संवादले भरिएको देखिन्छ,  जसको प्रमुख आकर्षण केन्द्रबिन्दु “माग्ने बुढा” नै रहेका छन । टिजरमा ‘माग्ने बुढा’ र ‘तक्मे बुढा’ एकै चलचित्रमा  देखिएका छन  । चलचित्रमा विल्सन विक्रम राई “तक्मे बुढा”  केदार घिमिरे “माग्ने बुढा”को    भान्जाको भूमिकामा देखिएका छन्। टेलिभिजनको  पर्दामा दर्शकले साह्रै मन पराएका  यो मामा-भान्जाको जोडीलाई फेरि चलचित्रमा देख्न पाउनेछन  । टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङ्देल पनि देखिन्छन तर उनीहरु  कस्तो भूमिकामा  प्रस्तुत भएका छन, त्यो भने चलचित्र निर्माण पक्षले गोप्य राखेको छ ।

ऋषि लामिछानेको निर्देशन रहेको चलचित्र आरम्भ प्रोडक्सन ब्यानरमा मुनाल घिमिरेले प्रस्तुत गरेका हुन् । चलचित्रको कथा  सामीप्यराज तिमल्सेनाले लेखेका हुन्। चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पार्श्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ। चलचित्रको टिजर साहिल खानले तयार पारेका हुन्। चलचित्र  ‘माग्ने राजा’ लाई आरआर फिल्मसले  वितरण गर्ने निर्माण पक्षले जनाएको छ ।

टिजर हेर्न क्लिक गर्नुहोस


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...