Sunday 18th October 2026

इसराइलले गर्‍यो इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा मिसाइल हमला


इरानको सबैभन्दा ठूलो आणविक केन्द्रमा हमला गरेको छ।
इसराइलले इरानको इस्फाहान प्रान्तको नातान्जमा रहेको युरेनियमा संवर्द्धन केन्द्रमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रोयटर्सका अनुसार इसराइली हमलमा केन्द्रको संरचनामा क्षति पुगेको र केही प्रयोगशाला र विद्युत प्रणाली प्रभावित भएको छन्।
नतान्ज युरेनियम समृद्धिकरण केन्द्र हो। यूरेनियम ग्यासलाई उच्च स्तरसम्म समृद्ध गरेपछि आणविक इन्धन र हतियारका रूपमा प्रयोग गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानले त्यस क्षेत्रमा भूमीगत सुरूङ बनाएर युरेनियम समृद्धिकरण गर्दै आएको थियो। इरानी सुरक्षास्रोतहरूले प्रारम्भिक क्षतिको विवरण सार्वजनिक नगरे पनि केही संरचनामा क्षति भएको र वैज्ञानिकहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिएका छन्। मानवीय क्षति सम्भावना न्यून रहेको बताइएको छ।
इरानले आक्रमणको जबाफ दिने बताएको छ। संयुक्त राष्ट्रसंघीय निकाय आईएईए आणविक क्षेत्रमा भएको हमलालाई नजिकबाट हेरिरहेको बताएको छ। हालैका वर्षहरूमा इरानले यही केन्द्रमार्फत ६० प्रतिशतसम्म समृद्ध यूरेनियम उत्पादन गर्दै आएको छ।
नतान्जमा रहेका करिब १५,०० सेंट्रिफ्यूजहरू नष्ट भएको बताइएको छ। शुक्रबारको हमलामा इरानका आणविक वैज्ञानिक नै मारिएका थिए।
इसराइलले शनिबार पनि नतान्जमै रहेको सबैभन्दा ठूलो तेलभण्डारमा आक्रमण गरेको थियो।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...