Sunday 18th October 2026

इजरायली आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु


इजरायलले गरेको आक्रमणमा इरानका सेना प्रमुखको मृत्यु भएको छ । शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको इजरायलको आक्रमणमा इस्लामिक रेभुस्लोनरी गार्डका कमान्डर इन चिफ जनरल हुसेन सलामी मारिएका हुन् ।

सलामी मारिएको खबर इरानका राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले बताएका छन् । उनी इजरायली आक्रमणमा मारिएका केही शीर्ष अधिकारीहरूमध्ये एक हुन् ।
इजरायलले आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ ।

इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् ।

इरानी सरकारी टेलिभिजनले इजरायली आक्रमणमा मारिएका दुई वरिष्ठ आणविक वैज्ञानिकहरूको नाम सार्वजनिक गरेको छ ।

यसमा आणविक ऊर्जा संगठनका पूर्वप्रमुख फेरेदुन अब्बासी र तेहरानस्थित इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची छन् ।

सन् २०१० मा तेहरानको एउटा सडकमा फेरियदुन अब्बासीको ज्यान लिने प्रयास गरिएको थियो । तर, उनी त्यस समय बाँचेका थिए ।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...