Wednesday 8th April 2026

नेपालमै पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन


त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुष लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रियको पुनःनिर्माण गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक सेक्स चेन्ज अपरेसन (मेल टु फिमेल) शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको हो ।

प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा एस्थेटिक सर्जरी विभागले २०८२ साल जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको विशेष सर्जिकल क्याम्पमा अनुहार, स्तन तथा जननेन्द्रिय सम्बन्धी विभिन्न शल्यक्रियाहरू सम्पन्न भएको थियो ।

शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा. एलिरेजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा. जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता थियो ।

कार्यक्रमपछि विभागीय प्रमुख डा. जयन मान श्रेष्ठले अबदेखि शिक्षण अस्पतालमा लिंग पुष्टिकरण क्लिनिक स्थापनाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

यस क्लिनिकमार्फत ट्रान्सजेन्डर समुदायका लागि आवश्यक शारीरिक तथा मानसिक मूल्यांकलनपछि लिंगीय पुनर्निर्माणसहितका सेवा नियमित रूपमा उपलब्ध गराइने योजना बनाइएको छ ।

यस कार्यक्रमले सामाजिक, मानसिक, भावनात्मक र शारीरिक रूपमा फरक पहिचान बनाएका ट्रान्सजेन्डर व्यक्तिहरूलाई सम्मान र स्वास्थ्य सेवामा पहुँच दिलाउने उद्देश्य राखेको छ ।

यस्तो सेवा लिनका लागि विदेश जानुपर्ने, उच्च खर्च बेहोर्नुपर्ने बाध्यता रहेकोमा अब नेपालमै यो सेवा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।

‘हालसम्म यो अप्रेशन गर्न विदेश जानुपर्ने बाध्यता भएको र धेरै खचिलो पनि हुने गरेको थियो । तर नेपालमा यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर सुमदायलाई धेरै राहत मिल्छ,’ प्रा.डा गोपाल सेढाइले भने ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...