Saturday 31st October 2026

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने


३१ मे २०२५ तारिखमा बसेको अन्तर्राष्ट्रिय झापाली समाजको कार्य समितिको सत्रौं पूर्ण बैठकले आगामी असोज २३ र २४ गते (अक्टोबर ९ र १० तारिख) का दिन पाँचौ अधिवेशन झापाको बिर्तामोडमा सम्पन्न गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नविन पोखरेलले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

असोज २३ गते बन्द सत्र र २४ गते अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जनाइएको छ । बैठकले अधिवेशन तयारीका लागि आवश्यक विभिन्न समिति समेत गठन गरेको छ । अधिवेशनले सन् २०२५–२०२७ सम्मको कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्ने छ ।

सन् २०१७ मा स्थापित अन्तराष्ट्रिय झापाली समाजले विभिन्न समाजिक कार्यहरु बाहेक हालसम्म चार वटा क्षेत्रीय सम्मेलन तथा चार वटा अधिवेशन सम्पन्न गरेको छ । आगामी अधिवेशनका लागि सम्पूर्ण राष्ट्रिय समितिहरु साथै विश्वभर रहेका सम्पूर्ण झापाली महानुभावहरुलाई प्रत्यक्ष सहभागिताका लागि आग्रह समेत गरिएको छ ।

विश्वभरि छरिएर रहेका झापालीहरुको साझा छाता संस्था अन्तर्राष्ट्रिय झापाली समाजले विश्वभरि रहेका झापालीलाई एकीकृत गर्दै आपसी भाइचारा बढाउँदै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षा भएपछि रोशी गाउँपालिका–९ पिन्थली र रोशी गाउँपालिका–८ गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।…

मध्यपूर्वमा जारी तनावबीच Iran’s Islamic Revolutionary Guard Corps (IRGC) ले Strait of Hormuz मा चारवटा तेल ट्यांकरमा आगलागी र विस्फोट…

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका…

प्रतिकृयाहरू
...