Thursday 15th January 2026

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको १६औँ स्थापना दिवस श्रमिक सचेतना कार्यक्रमसहित मनाइने


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आगामी जुन २७, २०२५ (शुक्रबार) का दिन १६औँ स्थापना दिवस अवसरमा “श्रमिक सचेतना कार्यक्रम” आयोजना गर्ने भएको छ। सोही अवसरमा माधव शाही स्मृति प्रवासी परोपकारी पत्रकारिता पुरस्कार समेत प्रदान गरिने छ।

यसअघि १५औँ स्थापना दिवसका अवसरमा शाखाले “विदेश विमर्श” शीर्षकमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको थियो। यसपालि भने कुवेतमा रहेका नेपाली श्रमिक समुदायलाई लक्षित गर्दै श्रमिक सचेतना कार्यक्रम मार्फत जानकारीमूलक सन्देश प्रवाह गरिने जनाइएको छ।

कार्यक्रम सम्बन्धी निर्णय शाखाका अध्यक्ष एकराज मल्लको अध्यक्षतामा बसेको बैठकले गरेको हो। कार्यक्रम स्थल छिट्टै सार्वजनिक गरिनेछ। तर्सथ उक्त दिनमा कार्यक्रम नजुधाइ सम्पूर्ण नेपाली समुदाय, संघसंस्था र अभियन्ताहरूलाई सहयोग गर्न नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रम विवरण:
कार्यक्रम: १६औँ स्थापना दिवस तथा श्रमिक सचेतना कार्यक्रम
मिति: २७ जुन २०२५, शुक्रबार
स्थान: छिट्टै जानकारी गराइनेछ
आयोजक: नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत


सम्बन्धित शीर्षकहरु

LOT – द भ्यालु शपले जनवरी १४, २०२६ मा द वाक मल कमर्सियल कम्प्लेक्स साल्मियामा अवस्थित आफ्नो दोस्रो आउटलेटको सफल…

अधिवक्ता सुलभ खरेल सामाजिक संजालमा लेख्छन्, " रवि लामिछाने कुनै पनि अर्थमा मुद्दा नै चलाउन नपाइने गरी उन्मुक्ति(immunity) पाएका व्यक्ति…

नबिल बैंकमा प्रत्यक्ष रुपमा चौधरी ग्रुपले स्वामित्व लिँदै अध्यक्षमा निर्वाण चौचरी नियुक्त भएका छन् । यसैगरी सञ्चालकमा अनिल केशरी शाह…

प्रतिकृयाहरू
...