Saturday 31st October 2026

टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली महिला रास्ट्रिय टोली घोषणा


क्यानले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली महिला रास्ट्रीय क्रिकेट टोली घोषणा गरेकोछ। आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगितामा भागलिन इन्दु बर्माको कप्तानीमा २४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो जसमा उपकप्तानको जिम्मेवारी पुजा महतोलाई दिइएको क्यानले जनाएकोछ । नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट रहेका छन।
एसिया छनोटका शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्नेछन् भने एसिया छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। नेपालसहित हङकङ र बहराइन समुह “सी”मा छन । विश्वकप छनोटमा १० टोली भिड्नेछन् भने १० मध्ये ४ टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।
तस्बिर: क्रिकेट नेपालबाट लिगीएको हो


सम्बन्धित शीर्षकहरु

मध्यपूर्व क्षेत्रका प्रमुख विमानस्थलहरूमा सुरक्षा चुनौती र हवाई मार्गमा लगाइएका प्रतिबन्धका कारण उडान सेवा प्रभावित भएको छ। अक्टोबर २९–३० मा…

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

प्रतिकृयाहरू
...