Thursday 8th October 2026

टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली महिला रास्ट्रिय टोली घोषणा


क्यानले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली महिला रास्ट्रीय क्रिकेट टोली घोषणा गरेकोछ। आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगितामा भागलिन इन्दु बर्माको कप्तानीमा २४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो जसमा उपकप्तानको जिम्मेवारी पुजा महतोलाई दिइएको क्यानले जनाएकोछ । नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट रहेका छन।
एसिया छनोटका शीर्ष दुई टोली विश्वकप छनोटमा पुग्नेछन् भने एसिया छनोटमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। नेपालसहित हङकङ र बहराइन समुह “सी”मा छन । विश्वकप छनोटमा १० टोली भिड्नेछन् भने १० मध्ये ४ टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।
तस्बिर: क्रिकेट नेपालबाट लिगीएको हो


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...