Thursday 22nd October 2026

ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल


ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पनि भिडियो हेर्‍यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’

यसअघि अर्का एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ । उनीहरुले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो । त्यसक्रममा त्यो भिडियो केही महिना पुरानो भएको खुलेको थियो ।
-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ।…

प्रतिकृयाहरू
...