Wednesday 30th September 2026

ट्राफिक प्रहरीले कुटपिट गरेको अर्को भिडियो पनि भाइरल


ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको अर्को भिडियो पनि सार्वजनिक भएको छ । ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी विनोद घिमिरेले भिडियो आफूहरुको जानकारीमा आएको भन्दै त्यसबारे बुझ्ने काम भइरहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले पनि भिडियो हेर्‍यौं, त्यो कहाँको हो भन्ने विषयमा बुझिरहेका छौं ।’

यसअघि अर्का एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ४ जना ट्राफिक प्रहरीविरुद्ध छानबिन गरिरहेको छ । उनीहरुले सर्वसाधारणलाई लडाएर कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले चासो देखाएको थियो । त्यसक्रममा त्यो भिडियो केही महिना पुरानो भएको खुलेको थियो ।
-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

प्रतिकृयाहरू
...