Friday 16th October 2026

लघुकथा:सोच -नारायण कोइराला


चोकको भीडले मेरो ध्यान खिच्यो। म त्यतै गएँ।मानिसहरूको भीडले एउटा अधबैँसे मानिसलाई घेरेर राखेका थिए।उनको हातमा मोटा पुस्तक थिए।

मानिसहरू पुस्तक किन्दै थिए। मैलेँ गोजी छामछुम पारेँ। बल्लतल्ल पुस्तकलाई पुग्ने पैसा निस्कियो।पुस्तक किनेँ।
पुस्तक बेच्ने मान्छेलाई हेरेँ।अनुहारमा छलकपट देखिनँ।
पुस्तकमा पनि उनको अनुहार रहेछ।

मैलेँ देशको अनुहारसँग पुस्तकको अनुहार तुलना गरेँ।विचारसँग तुलना गरेँ।उस्तै भेटेँ। छलकपटसँग पनि तुलना गरौँ न त भनेँ।तुलना गरेँ।पुस्तक वैज्ञानिकले विज्ञानको विकास गर्न देशको भविष्य कोर्न लेखेका रहेछन्। छलकपट भेटिएन।

सोचेँ,
पुस्तकका लेखक जस्तै वैज्ञानिक मस्तिष्क भएका शासक हाम्रो देशमा कहिले आउलान्।

तानसेन पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...