Sunday 4th October 2026

“७५० फिल्स” मै चिकेन बिरियानी, मःमः पनि “७५० फिल्स”!


“७५० फिल्स” मै चिकेन बिरियानी, मःमः पनि “७५० फिल्स”! सुन्दा अचम्म लाग्छ तर यो कुरा सत्य हो । मंफाफ स्थित परदेशी हातेमालाे नेपाली रेष्टुरेण्टले अहिले ७५० फिल्स मै चिकेन बिरियानी र स्टिम मःमः पनि ७५० फिल्समा उपलब्ध गराइरहेको छ । मंगाफको सुल्तान सेन्टर पछाडि ग्र्याण्ड हाइपर सुपरमार्केटको माथिल्लो तलामा रहेको उक्त रेष्टुरेण्टका प्रोप्राइटर सवास श्रेष्ठले थोरै तलब सुविधामा रहेका नेपाली श्रमिकलाइ लक्षित गरि सस्तोमा खानाका परिकारहरू उपलब्ध गराएका छन् ।

कुवेतमा २ दर्जनको हाराहारीमा नेपाली रेष्टुरेण्टहरू खुलेका भए पनि दक्षिण यसियाली अन्य राष्ट्रका नागरिकले खोलेका रेष्टुरेण्टको तुलनामा नेपाली रेष्टुरेण्टहरूमा खाना महंगो हुन्छ भनेर ग्राहकहरूले गुनासो गरिरहेका बेला प्रोप्राइटर श्रेष्ठले सबैलाइ चकित पार्दै सस्तो मुल्यमा खानाका परिकार तयार गरेर सेवा दिइरहेका हुन् ।

परदेशी हातेमालाे नेपाली रेष्टुरेण्टमा अहिले कुकर सुप मःमः, कुकर चिकेन दम बिरियानी, नेवारी खाजा, थाली सेट, नाङ्लो सेटका अलावा महिनावारी रूपमा पनि सस्तोमा खाना खान पाइन्छ । निःशुल्क डेलिभरी सेवा दिएका उनले फाहाहिल, मंगाफ, माहबुला, सबाहिय, फाहद अल अहमद जस्ता नजिकका क्षेत्रमा जति खाना अर्डर गरेपनि निःशुल्क डेलिभर दिएको बताउँदै १० केडि भन्दा माथिको अर्डरमा फरवानिया, साल्मियासम्म पनि निःशुल्क डेलिभरी सुविधा दिइरहेको बताए ।

अरू रेष्टुरेण्टले सादा खाना समेत १ केडी भन्दा बढी लिइरहेको समयमा कसरी यति सस्तोमा खाना खुवाउन सम्भव भयो भनेर सोध्दा कुवेतमा जताततै पैसा टिप्न सकिने बताउँदै अाफुले नाफा नलिएर खर्चमात्रै जोडेर प्रमोसनको रूपमा सस्तोमा खाना खुवाएको बताए । उनले भने, “महंगो खाना बेचेर थोरै व्यापार गर्नु भन्दा सस्तोमा खाना दिंदा व्यापार बढ्न जाने हुँदा घाटा नभएको, अहिले पनि मेरोमा ७०-८० जना महिनाबारी खाना खाने नेपाली श्रमिक साथीहरू छन्। स्वास्थ्यवर्धक, ताजा र स्वादिष्ट परिकार बनाएर खुवाइरहेको छु । सस्तोमा खुवाउँदा पनि व्यापार राम्रै भइरहेको छ । ”

तबल नबढ्ने, महंगीले उचाइ चुमेको यो समयमा यति सस्तोमा खानाका परिकार खान पाउँदा ग्राहकवर्ग पनि सन्तुष्ट देखिएका छन् । अन्य नेपाली रेष्टुरेण्टले पनि यसरी नै सस्तो दरमा खाना खुवाएमा उनीहरूको पनि राम्रो व्यापार हुनुका साथै थोरै तलबमा जिविकोपार्जन गर्न वाध्य नेपाली श्रमिकहरूलाइ केहि राहत मिल्ने थियो कि !


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...