Thursday 22nd January 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः आत्मनिर्भर नेपाल


सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ
अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।।

धेरै कुरा सोचेर नयाँ योजना बनाउनु छ
राष्ट्रियताको भावनासहित राष्ट्र निर्माणमा लाग्नुपर्छ ।।

अब सबै युवा शक्ति मिलेर देशलाई सजाउनु पर्छ
राष्ट्र हाम्नो हो राष्ट्र निर्माणको कार्यमा हामी लाग्नुपर्छ ।।

देशमा कृषि उत्पादनको नयाँ सोचको विकास गर्नुपर्छ
नयाँ नयाँ उद्योग कलकारखानाहरुको थालनी गर्नुपर्छ ।।

आउ सबै मिलेर आत्मनिर्भर नेपाल बनाउनु छ
आफ्नो कर्मले देशमा परिवर्तन ल्याउनु छ ।।

यो हाम्रो माटाेमा पाैरख र पसिना बगाउनु छ
देश विकासका नयाँ नयाँ योजना बनाउनु छ ।।

देशको प्रगतिको लागि सबैको साथ चाहिन्छ
स्वतन्त्र राष्ट्र हो हाम्रो छुट्टै पहिचान छ ।।

देशलाई आत्मनिर्भर,समृद्ध बनाउनुपर्छ
अब देशको भविस्यको बारेमा सोच्नुपर्छ ।।

देशमै रोजगारी सिर्जना गरि युवा विदेशीनु रोक्नुपर्छ
अब हामीले गम्भीर भएर देशको बारेमा सोच्नुपर्छ । ।

-गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...