Thursday 19th March 2026

कविता:कमाई -नारायण कोइराला


ताली बजाउनेहरु धेरै देखेँ
गालीमा रमाउनेहरू धेरै भेटेँ
पैताला सधैँ जमीनमा राखेँ
सिर सधैँ ठाडो पारेँ
पैतालाको समस्याले जमीन भासिएन
गाली रमाउनेसँग सिर कहिल्यैँ झुकेन
पैताला पट्पट फुट्दा पनि जमीन फुटेन
लक्ष्यको पछि भागेको मस्तिष्क
कहिल्यै बिचल्ली भएन
खुसीमा खित्तित हाँसेन अनुहार
दुःखमा धरधरी रोएन अनुहार
हाँस्यो त मनसँग हाँस्यो सफलतामा
रोयो त मनसँग रोयो असफलतामा
कसैको डाह र इस्या गरेन संघर्षले
जति सक्यो मिहिनेत मै रमायो
न आफूलाई केही कमायो
न अरूलाई केही बनायो
मरुभूमीमा गएर सबै पसिना बगायो
मारुभूमिमा कमाएको पसिनाले देशमा
आफ्नो परिवार बस्ने घर बनायो
अहिले ,
शरीर घरमा उठ्नै नसक्ने गरी ढलायो
विदेशमा सकिनसकी गरेको मिहिनेतले
नराम्ररी शरीर गलायो
गाउँटोलमा परदेशी पीडाको चर्चा गरायो
लाग्छ जिउँदो छँदा देशमा केही नगरे पनि
मृत्युपछि घाटसम्म जाने मलामी कमायो।।

नारायण कोइराला
तानसेन,पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...