Wednesday 1st April 2026

चलचित्र बसन्तमा समेटिएको गीत ‘साँझ पर्‍यो झमक्क’ चर्चामा


चर्चित गायक एबम अभिनेता प्रकाश सपूतको  चलचित्र “बसन्त” मा समावेस गीत साँझ पर्‍यो झमक्क युट्यूब ट्रेडीङ्गमा पर्न सफल भएको छ  । सपूतले जे मा हात राख्यो त्यो उत्कृस्ट बन्ने चर्चा र बिबाद दुवै हुने गर्दछ । चलचित्र बसन्तको लागि तयार पारिएको  गीत ‘साँझ पर्‍यो झमक्क’ जुन यतिबेला राम्रो भ्युजका साथ युट्युब ट्रेन्डिङमा छ। प्रकाशको गृहजिल्ला बागलुङमा खिचिएको गीतको भिडिओमा उनी स्वयं र अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकारहरू छन्। कोरसमा १ सय जना हाराहारीको नृत्य देख्न सकिन्छ।

सपूतको डेब्यु निर्देशकीय चलचित्रको पहिलो गीत गत हप्ता सार्वजनिक  गरिएको थियो । सार्वजनिक गीतमा प्रकाश सपूतकै शब्द र संगीत रहेको छ भने सपुत  र चर्चित लोकदोहोरी गायिका शान्ती श्री परियारले स्वर दिएकी छन्। संगीत संयोजन सुदीप सागरको रहेको छ।

फिल्मका मुख्य कलाकारहरू प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी र खड्क बहादुर पुन (खबपु) लाई प्रस्तुत गरिएको गीतको भिडियो मौसम हिमालीले कोरियोग्राफी गरेका छन्। गीतले फिल्मका दुई पात्र वसन्त र शान्तिबीचको प्रेमलाई  दर्शाएको छ।

गलबन्दी प्रोडक्सनको ब्यानरमा मोहन विश्वकर्मा र विन्दु बोहोराद्वारा निर्मित फिल्ममा कथा र पटकथा पनि निर्देशक सपूतकै छ भने कोरियोग्राफी मौसम हिमाली, केविका खत्री र सुवास श्रेष्ठ, कला टोपबहादुर क्षेत्री, छायांकन निर्देशन सुसन प्रजापति र सम्पादन प्रविण भट्टको रहेको छ। फिल्ममा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्रनारायण श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

भिडियो तल क्लिक गरेर हेर्नुहोस:-

 


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...