Thursday 15th January 2026

कुवेतमा सोनाम ल्होछार २८६१’ सांगीतिक कार्यक्रमको तयारी


वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने ‘सोनाम ल्होछार २८६१’ को अवसरमा आयोजना हुने सांगीतिक कार्यक्रमको तयारी तीव्र पारेका छन ।

कुवेतस्थित जिलिवको अबरयर इन्डियन इन्टरनेशनल स्कूलको सभाहलमा आगामी १४ फेब्रुअरीमा हुने सांगीतिक प्रस्तुतिका नेपाल बाट अतिथि कलाकारहरु सुरेश लामा र सुमिना लो तामाङ आउने भएका छन । कार्यक्रममा स्थानीय कलाकारको समेत विविध सास्कृतिक प्रस्तुति रहने छ ।

प्रवास रहेर पनि तामाङ समुदायको सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ । तामाङ समुदायको भाषा, कला र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रचार गर्ने हेतुले सो कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त दिन हुने सांगीतिक कार्यक्रममा कुवेतमा रहेको नेपाली दूतावास, क्रियाशील नेपाली संघ – सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुवेतमा कार्यरत सम्पूर्ण नेपालीहरु उपस्थित भई कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नको लागी आयोजकले अपिल गरेको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...