Tuesday 4th August 2026

राष्ट्रवादी नागरिक समाज (राजावादी)को कुवेतमा नागरिक भेला सम्पन्न


राष्ट्रवादी नागरिक समाजले कुवेतमा नागरिक भेला सम्पन्न गरेको छ । कुवेतको मंगाफस्थित हातेमालो नेपाली रेष्टुरेण्टमा हिँजो १० जनवरी २०२५ शुक्रबारको साँझ कुवेतको नेपाली समाजलाइ नेतृत्व गर्ने राजनीतिक तथा सामाजिक विभिन्न संघ संस्थाका प्रमुखहरू/प्रतिनिधिहरूको अातिथ्यतामा कुवेतमा विभिन्न पेशामा कार्यरत नेपालीहरूको उल्लेख्य उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।

उक्त भेलामा ३०२ अाैं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकाता दिवसको शुभकामना अादान प्रदान गर्दै राष्ट्रवादी नागरिक समाज कुनै राजनैतिक दल वा दलको भातृ संगठन नभएर राष्ट्र र राष्ट्रियता संरक्षण एवं नागरिक हक, हित र सुविधा वृद्दिको लागि राज्य सत्तालाइ खबरदारी गर्ने समुह हो भन्ने जानकारी गराइएको थियो ।

भेलामा राजतन्त्रात्मक देशले विकासमा फड्को मारेको दृष्टान्त दिंदै नेपालमा २४० वर्ष पुरानो राजनन्त्र पछि अंगिकार गरिएको लोकतान्त्रिक गणतन्त्रले देशलाइ भयंकर दलदलमा फसाएको राजनैतिक दलका नेताहरू देश र जनताको पक्षमा भन्दा विदेशीको इशारामा चल्ने गरेको, राजतन्त्र रहँदा राष्ट्रिय अखण्डता, जनताको सार्वभाैमिकतालाइ प्राथमिकतामा राखेर देश चलेको तर गणतन्त्रमा जनतालाइ कंगाल बनाइ देशलाइ नै खोक्रो बनाइएकोले, राजतन्त्रमा राजा, राजपरिवार र भाइभारदारका नामा धेरै खर्च भयो भनेर गणतन्त्रमा देश गएपनि राजतन्त्रमा भन्दा बढी खर्च गरिएकोले राजतन्त्रको विकल्प नरहेको जनाउँदै राज्यसत्ता जसले चलाएपनि राजाको संरक्षकत्व भएमा नेपाललाइ विदेशीले हेप्न नसक्ने बताउँदै यसका लागि राष्ट्रवादी नागरिक समाजले निरन्त्रर खबरदारी गर्ने बताइएको थियो ।


सम्बन्धित शीर्षकहरु

बुर्किना फासोका अन्तरिम नेता इब्राहिम त्राओरे पछिल्लो समय अफ्रिकाका सबैभन्दा चर्चित राजनीतिक व्यक्तित्वमध्ये एक बनेका छन्। सैन्य विद्रोहमार्फत सत्तामा आएका…

इजरायलले आफ्नै प्रविधिमा आधारित एउटा अत्याधुनिक मानवरहित स्टेल्थ लडाकु विमान (Unmanned Stealth Combat Aircraft) विकास गरिरहेको बताइएको छ। यो परियोजनाको…

नेपालका धेरै गाउँघरमा पुस्तौँदेखि उत्पादन हुँदै आएको रुखकटहर (कटहर) अहिले किसानका लागि आम्दानीको स्रोत बन्नुको सट्टा घाटाको कारण बन्दै गएको…

प्रतिकृयाहरू
...