Sunday 12th April 2026

शेख हसिनालाई फिर्ता पठाउन भारतलाइ बङ्गलादेशको कुटनीतिक नोट


बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले सोमबार आफ्नो कार्यालयमा यसको जानकारी दिएका हुन् ।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिना र उनको कार्यकालका विभिन्न मन्त्री, सल्लाहकार, सैन्य अधिकारीलाई ‘मानवता र नरसंहारविरुद्धको अपराध’ को मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको छ ।

आफ्नो कार्यालयले भारतबाट हसिनाको सुपुर्दगीमा सहजीकरण गर्न भारतीय परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको सोमबारै गृह सल्लाहकार जहाँगिर आलमले बताएका थिए । प्रक्रिया अझै जारी रहेको बताइएको छ । ढाका र नयाँ दिल्लीबिच पहिलेदेखि नै सुपुर्दगी सन्धि छ । उक्त सन्धि अन्तर्गत हसिनालाई बङ्गलादेश फर्काउन सकिने उनले बताए ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...