Thursday 15th January 2026

शेख हसिनालाई फिर्ता पठाउन भारतलाइ बङ्गलादेशको कुटनीतिक नोट


बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले सोमबार आफ्नो कार्यालयमा यसको जानकारी दिएका हुन् ।

ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले हसिना र उनको कार्यकालका विभिन्न मन्त्री, सल्लाहकार, सैन्य अधिकारीलाई ‘मानवता र नरसंहारविरुद्धको अपराध’ को मुद्दामा पक्राउ पुर्जी जारी गरिसकेको छ ।

आफ्नो कार्यालयले भारतबाट हसिनाको सुपुर्दगीमा सहजीकरण गर्न भारतीय परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको सोमबारै गृह सल्लाहकार जहाँगिर आलमले बताएका थिए । प्रक्रिया अझै जारी रहेको बताइएको छ । ढाका र नयाँ दिल्लीबिच पहिलेदेखि नै सुपुर्दगी सन्धि छ । उक्त सन्धि अन्तर्गत हसिनालाई बङ्गलादेश फर्काउन सकिने उनले बताए ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...