Tuesday 6th October 2026

जन-जागृतिद्वारा कुवेतमा ज्यान गुमाएकी संगिताको परिवारलाइ आर्थिक सहयोग


जन-जागृति युवा समाज कुवेतले कुवेतमा ज्यान गुमाएकी संगिता भट्टराइको परिवारलाइ नेपाली रूपैयाँ ७३ हजार भन्दा बढि रकम आर्थिक सहयोग गरको छ । समाजको सदस्य रहेकी भट्टराइको पार्थिव शरीर डिसेम्बर ९ का दिन नेपाल पठाएपछि मृतक सङिता भट्टराईको बचत कोषमा जम्मा रहेको बचत र सस्थाबाट आर्थिक सहयोग गरी सो रकम नेपालमा निजको छोरा दुर्लभ सेढाइको बैंक एकाउन्टमा जम्मा गरिएको हो ।

झापा जिल्लाको साविक लखनपुर ९ हाल गौरदह नगरपालिका वडा नम्बर ८ घर भइ कुवेतमा कार्यरत रहेकी स्वर्गीय भट्टराईको यही मिति २०८१ मंसिर १५ गते तदनुसार नोभेम्बर ३० तारिक राती दु:खद निधन भएको थियो भने संस्थाको बचत कोषमा जम्मा रहेको उनको बचत ११७ केडि तथा सस्थाको तर्फबाट आर्थिक सहयोग गरि जम्म केडि १६८.५०० फिल्स नेरु ७३५९१.५३ सहयोग पठाएको हो ।

जनचेतना, राहत-उद्दार र सामाजिक सेवाका कार्य गर्ने उद्देश्यका साथ सन २००९ मा गठन भइ सामाजिक र मानविय सेवाका अतिरीक्त रचनात्मक कार्यहरू गर्दै आएको कुवेतको पहिलो सामाजिक संस्था जन-जागृति युवा समाज कुवेतले संस्थाको एक सकृय सदस्य गुमाउँनु परेकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त सबैप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।


सम्बन्धित शीर्षकहरु

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

प्रतिकृयाहरू
...