Sunday 12th April 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः तिमीलाई माया गर्छु…


तिमीलाई माया गर्छु यो दिलले भन्छ
तिम्रो मुस्कानमा हराउन मन छ
तिमिले साथ दिदा जीवन बन्छ
यो मायाको बन्धन हो सधै रहिरहन्छ ।।

मेरो सपना तिमी हौ मेरो चाहना तिमी हौ
मेरो जिन्दगीको सुनौलो बिहानी तिमी हौ
मेरा सारा कहानीहरु तिमी बाटै सुरु हुन्छन
तिम्रो मायाको उज्यालोमा सारा दु:ख हराउँछन ।।

तिम्रो साथले सजाउछु सुन्दर यो जिन्दगी
तिमी तिरै छ यो मन मैले देख्ने सपनी
तिमी नै हौ मेरो चाहना ,मेरो सुन्दर बिहानी
तिमी सँगै बसेर लेख्छु सुन्दर कहानी ।।

तिमिलाई माया गर्छु यो दिलले भन्छ
तिम्रो मुस्कानमा हराउन मन छ
तिमिले साथ दिदा जीवन बन्छ
यो मायाको बन्धन हो सधै रहिरहन्छ ।।

लेखक : गोबिन्द राज ओझा (राजन )


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...