Friday 20th March 2026

आगो,सुसेली र कोपिला पुरस्कृत


शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा काव्य उपविधा आगो, सुसेली र कोपिलाका परिकल्पनाकारहरूलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानको १९ ओैं वार्षिक दिवस समारोह, ७ ओै अधिवेशन र ९६ ओैं कवि कुलमणि देवकोटा जन्म जयन्तीको अवसरमा प्रमुख अतिथि अग्रज वरिष्ठ साहित्यकार पुतलीबजार नगर प्रज्ञा प्रतिष्ठान स्याङ्जाका कुलपति विश्वप्रेम अधिकारीद्वारा पाल्पाको तानसेनमा आयोजित कार्यक्रममा काव्य उपविधाका परिकल्पनाकार लगायत दस जना व्यक्तित्वहरूलाई पुरस्कार सहित सम्मान र पन्ध्र जना विधार्थीहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएको हो ।

सम्बोधनको क्रममा प्रमुख अतिथि कुलपतिले,”पाल्पाको साहित्यलाई उचो बनाउनुका साथै शिक्षा र स्वास्थको क्षेत्रमा समेत योगदान पुराउदै आएको यस संस्थाको कार्य र गतिविधिहरू उदाहरणीय रहेका छन् । जस्को अध्ययन चिन्तन मनन र सम्बोधन हुनु आवश्यक छ ।” भनी बताउदै संस्था , सर्जक र सम्मानित सबैलाई शुभकामना व्यक्त गर्नु भयो ।

कुलमणि देवकोटा स्मृति प्रतिभा पुरस्कारबाट पुरस्कृत दीर्घबहादुर चन्द ‘ सुमन ‘ आगो काव्य उपविधाका परिकल्पनाकार हुनुहुन्छ । लक्ष्मीप्रिय जगत बहादुर जोशी स्मृति पुरस्कारबाट गिरिराज डल्लाकोटी, कोपिला परिकल्पनाकार पुरस्कृत हुनुभएको छ । जगतकुलमणि कविन्द्र त्रिनक्षत्र पुरस्कारबाट दुर्गा अधिकारी भमरकोटे, सुसेली प्रवर्तक पुरस्कृत हुनुभएको छ । प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाश राज रेग्मीद्वारा स्थापित विमला रेग्मी स्वास्थ्य सेवा पुरस्कारबाट दीपा गहतराज, उत्कृष्ट नर्स, मिसन अस्पताल पुरस्कृत हुनु भएको छ । इन्द्रलाल भारती शिक्षा सेवा सम्मानबाट अच्युतराज शर्मा सेवानिवृत प्रधानाध्यापक, शक्तिराज रेग्मी संचार सेवा सम्मानबाट सन्तोष बस्याल रेडियो टेलिभिजन पत्रकार सम्मानित हुनुभएको छ ।
बालहरि स्वास्थ्य सेवा सम्मान सूर्यबहादुर कार्की, स्वास्थ्यकर्मी, दीनानाना साहित्य सेवा सम्मान रजिउल्ला मियाँ उपन्यासकार ,राधावद्री स्मृति स्वयंसेवा सम्मान टोप प्रसाद श्रेष्ठ स्वयंसेवकलाई प्रदान गरिएको छ भने तुलठगी शैक्षिक प्रतिभा पुरस्कार आरोही खनाल विधार्थी न्यु होराइन स्कुललाई पुरस्कृत गरिएको छ ।

समारोहमा विभिन्न छात्रवृत्ति समेत प्रदान गरिएको छ ।
विमला कमल शैक्षिक छात्रवृत्ति अन्तर्गत भैरव बहुमुखी क्याम्पस छहराकी लिला गाहालाई रू १० हजार प्रदान गरिएको छ भने यो छात्रवृत्ति प.प.न. मा. वि.का दुर्गा हेमचुरी ,विपना सेन,सेन मा. वि.का वृषा वि.क.र सुस्मिता यादव कालिका मा.वि.का अर्जुन जि.सी.निरा गाहालाई प्रति विधार्थी वार्षिक रू. ३०००/- का दरले छात्रवृत्ति प्रदान गरिएको छ । विमला कमल शैक्षिक छात्रवृत्तिका दाता प्रतिष्ठानका संरक्षक प्रा.डा. प्रकाश राज रेग्मी रहनु भएको छ ।

ज्ञानज्योति शैक्षिक छात्रवृति दाता इ.डा.ज्योति रेग्मी अधिकारी हुनुहुन्छ । छात्रवृत्ति रकम प्रति विधार्थी वार्षिक रू. ३०००/- रहेको छ । यो छात्रवृत्ति प.प.न.मा.वि. का छात्राहरू यमुना कुमाल र जगमाया घर्ती ,तानसेन बहुमुखी क्याम्पसका ललि दर्लामी र खुस्वु पन्त तथा त्रिभुवन बहुमुखी क्याम्पसको छात्रा हिरा अर्घालीेलाई प्रदान गरिएको छ। माता दीनकुमारी ज्ञवाली शैक्षिक छात्रवृत्तिका दाता मनोहर ज्ञवाली , रोहित ज्ञवाली र खुमानन्द खनाल हुनुहुन्छ । अक्षयकोषको व्याजबाट छात्रवृत्ति प्रदान गरिने यस्को रकम प्रति विधार्थी वार्षिक रू. २५००/- रहेको छ । यो छात्रवृत्ति तानसेन बहुमुखी क्याम्पसको छात्रा सुहानी मगरलाई प्रदान गरिएको छ ।
नैना नेपाल ढकाल शैक्षिक छात्रवृत्तिको दाता नैना नेपाल ढकाल रहनु भएको छ । जस्को रकम प्रति विधार्थी वार्षिक रू.२५००/-रहेको छ र यो छात्रवृत्ति प.प.न.मा.वि. छात्राहरू प्रियंका सुनार र निशा आलेलाई प्रदान गरिएको छ ।

पुष्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति रोहित ज्ञवालीद्वारा स्वागत, सदस्य गम्भीर रायमाझीद्वारा आयव्यय प्रस्तुत , सदस्य भोजराज भट्टराईद्वारा व्यक्तित्वहरूमाथि प्रकाश पार्नुका साथै कार्यक्रम संचालन महासचिव चन्द्रकान्त न्यौपानेद्वारा गरिएको थियोे ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...