Friday 16th January 2026

तिन किरातीहरुद्वारा संयुक्तरुपमा आयोजना गरिएको उधौली कार्यक्रम स्थगित


तिन किरातीहरुद्वारा संयुक्तरुपमा आउदो २० डिसेम्बर २०२४ मा आयोजना गरिने उधौली चाड कार्यक्रम स्थगित भएको जानकारी आयोजकले दिएको छ।

किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राई यायोख्खा कुवेत, र सुनुवार सेवा समाज शाखा कुवेतकोसंयुक्त आयोजनामा गर्न लागिएको किराती सांस्कृतिक कार्यक्रम कुवेत सरकारको सम्बन्धित नयाँउर्दिका कारण स्थगन गरिएको हो।

आयोजकको अनुसार कुवेत सरकारद्वारा सार्वजनिक कार्यक्रमहरूको लागि जारी गरिएको हालसालैको नयाँ निर्देशिका पालना गर्दै कार्यक्रम स्थगन गर्नु परेकोले यस असुविधा प्रति हामी क्षमाप्रार्थी रहेको र तपाईंहरूको सहयोग, समझदारी एवं समर्थनप्रति हामी हृदयदेखि आभारी रहेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...