Friday 16th January 2026

जनप्रगतिशील मोर्चा कुवेतको प्रथम अधिवेशन आगामी १० जनवरीमा हुने


नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैदेशिक भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चा कुवेतको प्रथम अधिवेशन आगामी १० जनवरी २०२५ मा हुने भएको छ । 

कुवेतस्थित साल्मियाको गोर्खा किचनको सभाहलमा दिनको ठिक ११ बजेदेखि पार्टीको केन्द्रीय प्रतिनिधिको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन समाराेह हुने कार्यक्रम संयोजक शेर सुनारले जानकारी दिएका छन । कार्यक्रममा पार्टीको केन्द्रीय प्रतिनिधि आउने बारे भने अझैसम्म तुङ्गो नलागेको जनाएका छन ।
 
बैज्ञानिक समाजवाद प्रति आस्थावान कुवेतमा रहेका नेपाली श्रमिकलाई मोर्चामा आवद्द हुन समेत संयोजक सुनारले आग्रह गरेका छन । उक्त दिन हुने कार्यक्रममा कुवेतमा क्रियाशील नेपाली संघ – सस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी लगायत कुबेतमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...