Friday 20th March 2026

दिप्त बस्नेतको कविताः गाउँले छोरा सहरीया छोरी


आफू परियो गाउँको छोरो
कदर कहाँ हुने रैछ सहरमा
जति राम्रो भए पनि हिरो
हेलत्वमा बाँच्नु पर्ने रहेछ सहरमा।

गाउँको मेरो महल
सहरियाको लागि गोठ
साफा लुगा लगाए गाउँको हिरो
सहरमा लगाउनु पर्ने कोट ।

माया रहन सहन मिले पनि
धनले गर्दा नमिल्ने रहेछ
छोरीको खुशी भन्दा पनि
महलको बासको मोह हुने रहेछ ।

छोराछोरीको खुसीमा
मख्ख गाउँको साथी
सहरियाको के कुरा गर्नु
खुसी हुन्छन् धनसंग सन्तान साटी ।

गाउले भन्ने थाहा पाए
ठेस लाग्ने सहरियाको मानमा
कतिन्जेल टिक्ने रहेछ
उनीहरूको खुसी महल र धनमा ।

-दिप्त बस्नेत


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...