Sunday 12th April 2026

नारायण कोइरालाका चार छोटा कविता


नाङ्गै जन्मिएर के गर्नु
कपडाले शरीर छोप्नु पर्छ
नाङ्गै जन्मिएको शरीर छोपिएन भने
समाजमा इज्जत जान्छ

शरीर नाङ्गै हिँड्न नहुने कानुन छ
नाङ्गै जन्मिएको शरीरले कानुन
मान्नु नै पर्छ
नमने समाजलाई लाज लाग्छ

नाङ्गै जन्मनेहरु लाज कपडाले छोपे
नाङ्गै हिँड्न हुन्न भन्नेले कतिलाई नाङ्गै बनाएँ
नाङ्गै हुनेको इज्जत गयो
नाङ्गै बनाउनेहरु रमाएँ

शासक नाङ्गो छ
जनताको कपडा बेरेको छ
जनतालाई नाङ्गो बनाएर
आफ्नो इज्जत ढाकेको छ

तानसेन पाल्पा
हाल,कुवेत


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...