Sunday 22nd November 2026

कुवेतमा प्रोजेक्ट भिसामा कार्यरत कामदारले अन्य क्षेत्रमा भिसा ट्रान्सफर गर्न सक्ने


कुवेतमा प्रोजेक्ट भिसामा कार्यरत कामदारहरूले प्राइभेट भिसामा भिसा स्थानान्तरण गर्न पाउने भएका छन् । प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्री र आन्तरिक मन्त्री शेख फहद अल-युसेफले नोभेम्बर ३ बाट लागू हुने गरी सरकारी सम्झौता र परियोजनाहरूमा काम गर्ने कामदारहरूलाई अन्य क्षेत्रमा काम गर्न अनुमति दिने निर्णय जारी गरेका छन्।

कुवेतबाट प्रकाशित हुने अनलाइन पत्रिका अरब टाइम्सका अनुसार यसरी रोजगारी परिवर्तन गर्न चाहने कामदारहरूले सरकारी परियोजना सकिएको अबस्था भएमा केहि प्रकृयाहरू पुरा गरेर अन्य क्षेत्रमा काम गर्न जान पाउने भएका हुन् ।

प्रोजेक्टमा कार्यरत कामदारहरूले केही प्रकृया पुरा गरेमा अन्य क्षेत्रमा काम गर्न पाइने भएको हो ।

ति प्रकृयाहरूमा,

१. सरकारी ठेक्का वा परियोजना समाप्त भएको हुनुपर्छ।

२. ठेक्का वा परियोजनाको लागि जिम्मेवार सरकारी निकायबाट जनशक्तिको लागि सार्वजनिक प्राधिकरणलाई पत्र उपलब्ध गराउनुपर्छ, जसले सम्झौताको निष्कर्ष र कामदारहरूलाई अब आवश्यक छैन भन्ने पुष्टि गर्दछ।

३. सरकारी करार अन्तर्गत कामदार राखिएको कम्तिमा एक वर्ष बितिसकेको हुनुपर्छ।

४. कामदार दर्ता भएको रोजगारदाताले स्थानान्तरण अनुमोदन गर्नुपर्छ।

५. ३५० दिनारको अतिरिक्त शुल्क तिर्नुपर्छ।

https://www.arabtimesonline.com/news/new-guidelines-set-for-transferring-workers-from-government-projects-to-private-sector/


सम्बन्धित शीर्षकहरु

लन्डन, नोभेम्बर २१। विश्वकै घातक र उपचार गर्न कठिन मानिने अग्न्याशय (प्यान्क्रियाज) को क्यान्सर उपचारमा वैज्ञानिकहरूले नयाँ आशाजनक उपलब्धि हासिल…

बङ्गलादेशको नाराइल जिल्लामा प्रतिबन्धित अवामी लिगका कार्यकर्ताले गरेको भनिएको आक्रमणमा बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का दुई स्थानीय नेताको हत्या भएको…

म्यानमारको सेनाले रोहिंग्या मुस्लिम समुदायमाथि सन् २०१७ मा गरेको सैन्य दमनलाई नरसंहार ठहर गर्दै अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले ऐतिहासिक फैसला…

प्रतिकृयाहरू
...