Monday 18th November 2024

अनुरा कुमारा दिसानायके बने श्रीलंकाको नयाँ राष्ट्रपति


श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् ।

दिसानायकेले श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा सोमबार शपथ लिने छन् । उनका प्रतिद्वन्द्वी सजिथ प्रेमदासाले ४५ लाख ३० हजार ९०२ मत पाएका छन् । श्रीलंकाको इतिहासमा पहिलो पटक दोस्रो चरणको मतगणनापछि राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक भएको हो ।

चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारलाई मत दिएका मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा राखेका उम्मेदवारको मत गनेर विजेता निर्धारण गरिएको हो ।

श्रीलंकामा राष्ट्रपति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । चुनावमा मतदाताले प्राथमिकताका आधारमा पहिलो, दोस्रो र तेस्रो उम्मेदवार चयन गर्न पाउने व्यवस्था छ ।


सम्बन्धित शीर्षकहरु

यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबाार बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेद्वारहरुको मनोनयनपत्र दर्ता…

नेपालले फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई २–० ले हराएको छ । शनिबार ताजकिस्तानको डुसान्वेस्थित सेन्ट्रल स्टेडियममा नेपाललाई जित दिलाउन मनीष डांगी…

शुक्रबार, असम-मणिपुर सीमा नजिकै जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव फेला परेको खबर आएको थियो। यसपछि, शनिबार भीडले…

प्रतिकृयाहरू
...