Friday 16th January 2026

इरानमा कोइलाखानीमा विस्फोट हुँदा ५१ जनाको मृत्यु


इरानको एक कोइलाखानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार ग्यास चुहावटका कारण विस्फोट भएको हो ।

दक्षिणी खोरासन प्रान्तमा भएको विस्फोटमा अन्य २० भन्दा बढी घाइते भएका छन् । राजधानी तेहरानबाट ५४० किलोमिटर दक्षिणपूर्वमा रहेको ताबासको खानीका दुईवटा ब्लकमा मिथेन ग्यास विस्फोट भएको हो ।

३० हजार वर्गकिमी क्षेत्रफलमा फैलिएको इरानको सबैभन्दा ठुलो कोइला खानीभित्र अझै कति कामदार फसेका छन् भन्ने यकिन भइसकेको छैन ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...