Friday 16th January 2026

म्यानमारमा बाढीका कारण सयाैं हताहत


म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन यागी पछि म्यानमारमा आएको बाढीका कारण २३०,००० भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका छन्।

भारी वर्षाका कारण आएको बाढीले नेपी ताव, बागो, मण्डले र आयेवाडी क्षेत्रका साथै मोन, केइन र शान राज्यका ६४ वटा टाउनशिपका ४६२ गाउँ र वडाहरू प्रभावित भएका छन् । विपद्ले बाढी प्रभावित क्षेत्रमा २४ पुल, ३ सय ७५ विद्यालय, एउटा गुम्बा, पाँच बाँध, चार प्यागोडा, १४ ट्रान्सफर्मर, ४५६ ल्याम्पपोस्ट र ६५ हजार ७ सय ५९ घर ध्वस्त भएको जनाएको छ ।

विपद्को प्रतिक्रियामा, नेपी ताव र विभिन्न राज्य र क्षेत्रहरूमा आवश्यक स्वास्थ्य सेवा, खाना र पिउने पानी उपलब्ध गराउन अस्थायी राहत शिविरहरू स्थापना गरिएको छ । अधिकारी र उद्धारकर्मीहरूले खोजी र उद्धार कार्य जारी राखेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...