Saturday 29th August 2026

२१ सेप्टेम्बरदेखि प्रसारण हुँदै ‘द ग्रेट इन्डियन कपिल शो २’


भारतीय कमेडियन कपिल शर्माले ‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजन ल्याउने भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दोस्रो सिजन २१ सेक्टेबरदेखि प्रसारण हुनेछ। हालै शोको ट्रेलर सार्वजनिक गरिएको छ। जसमा अभिनेत्री आलिया भट्ट, जाहन्वी कपूर, निर्माता करण जोहर र दक्षिण भारतीय अभिनेता जूनियर एनटिआर, अभिनेता सैफ अली खान देखिएका छन्।
‘द ग्रेट इन्डियन कपिल शो’ को दोस्रो सिजनमा कपिल शर्मा, अर्चना पूरन सिंह, सुनील ग्रोवर, कृष्णा अभिषेक, कीकू शारदा, राजीव ठाकुर जस्ता कलाकारको प्रस्तुति रहनेछ।
यही मार्च ३० मा कपिलको शो पहिलो एपिसोड प्रसारण भएको थियो भने जुन २२ मा अन्तिम एपिसोड प्रसारण भएको थियो। कमेडी शोको पहिलो सिजनमा १३ एपिसोड प्रसारण गरिएको थियो।

यस शोलाई दर्शकले निकै रूचाएका थिए। तर केही दर्शकले बारम्बार एकै खाल्को कुरा आएको भन्दै आलोचना समेत गरेका थिए।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — नेपालका धेरै प्रमुख सहर तथा बस्तीहरू विगतमा गएका विशाल पहिरोले निर्माण गरेका भू–भागमा विकसित भएको भूगर्भविद् डा. रञ्जनकुमार…

काठमाडौँ — रसुवास्थित भोटेकोशी नदीमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि नेपालले केही देशबाट प्राप्त उद्धार तथा राहत सहयोग अस्वीकार…

हिमालको बदलिँदो अनुहारले दिएको गम्भीर संकेत दशकौँअघि टाढाबाट हेर्दा सेताम्मे देखिने नेपालको हिमाली शृङ्खलाको स्वरूप पछिल्ला वर्षहरूमा क्रमशः बदलिँदै गएको…

प्रतिकृयाहरू
...