Monday 13th April 2026

पाकिस्तानमा आतंकवादी समूहद्वारा २२ जनाको गोली हानी हत्या


दक्षिण-पश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सवारी साधनबाट जबर्जस्ती बाहिर निकालेर कम्तिमा २२ जनाको हत्या गरेका छन् । बलुच लिबरेशन आर्मी (बीएलए) नामको आतंकवादी समूहले मुसाखेल जिल्लामा भएको आक्रमणको जिम्मेवारी लिएको छ ।

बलुचिस्तान प्रान्तको एक राजमार्गमा रातभर आक्रमण भएको थियो । साम्प्रदायिक, जातीय र पृथकतावादी आन्दोलन गरिरहेका हतियारधारीहरूले सवारीसाधनमा आगजनी गरेका थिए । पञ्जावबाट आएकाहरूलाई गोली हानिएको थियो ।

प्रधानमन्त्री सेहबाज सरिफले विज्ञप्ति जारी गर्दै ‘आतंकवादी हमलाप्रति गहिरो शोक र निन्दा’ गरेका छन् ।बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो तर यो सबैभन्दा कम विकसित छ।

बीएलए र अन्य बलुच पृथकतावादीहरूले यस क्षेत्रमा काम गर्ने पञ्जाव र सिन्द्धिहरूमाथि आक्रमणहरू तीव्र बनाएका छन्। उनीहरूले नाफा बाँडफाँड नगरी यस क्षेत्रको शोषण गरेको आरोप लगाउँदै विदेशी ऊर्जा कम्पनीहरूलाई पनि निशाना बनाएका छन्।

गत अप्रिलमा बलुचिस्तानमै नौ जना यात्रुहरूलाई बसबाट उताररे परिचय पत्र जाँच गरेपछि गोली हानी मारिएको थियो ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...