१/
आएलौ
चाड
छैननी
माड
२/
भदौरे
घाम
वर्षाको
याम
३/
रित्तोछ
घर
बुढीको
भर
४/
दुखिया
छोरो
पर्देशी
मोराे
५/
जंगल
भयो
उब्जनी
गयो
६/
बाँझोभो
बारी
वारी र
पारी
७/
बाँदर
आयो
सबै पो
खायो
८/
यस्तैछ
हाल
संसारी
चाल
९/
केगरी
खानु
नमरी
जानु
१०/
दुःखभो
बास
जाँदैन
सास!
कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा