Wednesday 24th December 2025

इजरायलद्वारा हिजबुल्लाह माथिको आक्रमण, “कथाको अन्त्य होइन” -बेन्जामिन नेतन्याहु


इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस्तो चेतावनी दिएका छन् । उनले इजरायलद्वारा हिजबुल्लाहमा आइतवारको आक्रमण आफ्नो सैन्य अभियानमा “कथाको अन्त्य होइन” भनेका छन । यसले के देखाउछ भने अब मध्यपूर्व मा लामो लडाई शुरु हुदैछ ।

मन्त्रिपरिषद्को बैठकमा नेतान्याहुले भने कि हामी हिजबुल्लाहमाथि अचानक हमला गरिरहेका छौं। यो इजरायलको उत्तरमा स्थिति परिवर्तन गर्न र नागरिकहरूलाई उनीहरूको घरमा सुरक्षित रूपमा फिर्ता ल्याउने दिशामा महत्त्वपूर्ण कदम हो। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनाले सर्वसाधारण र सैनिकलाई लक्षित गरी प्रहार गरिएका रकेटहरू नष्ट गरेको बताएका छन्। उनले देशको मध्य भागमा भएको ड्रोन आक्रमणलाई पनि असफल पारेको बताए ।

हुथी विद्रोही र हमासले हिजबुल्लाहको आक्रमणलाई समर्थन
इजरायली आक्रमणको बीचमा लेबनानका प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन् , लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले इजरायली आक्रमणको बीचमा मन्त्रीहरूसँग आपतकालीन बैठक गरेका छन्। लेबनानको सरकारी समाचार एजेन्सीको रिपोर्ट अनुसार लेबनानका प्रधानमन्त्री नजिब मकातीले देशको दक्षिणी भागको अवस्थाबारे छलफल गर्न मन्त्रीहरूसँग आपतकालीन बैठक गरेका छन्। भेटमा प्रधानमन्त्री मकातीले बढ्दो अवस्था रोक्न आफू लेबनानका साथीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताउनुभयो ।

उनले गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरिरहेको प्रयासलाई लेबनानले समर्थन गर्ने कुरामा जोड दिए। तर हिजबुल्लाहले इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ । यसैबीच हमासले इजरायलमा हिजबुल्लाहले गरेको आक्रमणको स्वागत गरेको जनाएको छ । हमासले टेलिग्राममा जारी गरेको विज्ञप्तिमा इजरायलभित्र गरिएको यो हमलाको प्रशंसा गरिएको छ । आक्रमणलाई “प्रमुख प्रतिक्रिया” को रूपमा वर्णन गरिएको छ। हमासले वरिष्ठ कमाण्डर फाउद शुक्रको हत्यापछि हिज्बुल्लाहको कडा कारबाहीको प्रशंसा गरेको बताएको छ।

विज्ञप्तिमा प्यालेस्टाइन र लेबनानका जनताविरुद्ध गरिएको आपराधिक कारबाहीलाई छाडिने छैन। यसैबीच, हिजबुल्लाहको मिडियाले टेलिग्राममा गरेको पोस्टमा, दुई हिजबुल्लाह लडाकुको हत्याको पुष्टि भएको छ।

हुथी विद्रोहीले हिजबुल्लाहको कारबाहीलाई समर्थन गरेका छन् , यमनका हुथी विद्रोहीहरूले इजरायलविरुद्ध हिजबुल्लाहले गरेको यो कारबाहीलाई साहसी भएको बताएका छन् । इरान समर्थित हुथी विद्रोहीहरूले यमनको बन्दरगाहमा इजरायलले गरेको आक्रमणको जवाफमा आक्रमण गर्ने धम्की दिएका छन्। इजरायलले तेल अवीभमा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणको जवाफमा यो हमला गरिएको जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केटले कुवेतमा खेलौना महोत्सव २०२५ सम्पन्न गर्यो । लुलु हाइपरमार्केटले कुवेतभरिका परिवारहरूलाई भव्य शैलीमा उत्सवको मौसम मनाउने अवसर प्रदान…

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

प्रतिकृयाहरू
...