Monday 19th October 2026

विद्यार्थीलाइ कलम वितरण अभियानमा राष्ट्रप्रेमी


पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल “राष्ट्रप्रेमी”ले स्नातक तह तृतीय बर्षका परीक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन ।

सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको सन्देश जाने कुरामा जोड दिए । बस्याल शिक्षण पेशामा जोडिएको हुनाले कलम बितरण अभियान रोजाईमा परेको र सबै परिक्षार्थी संग सम्बन्ध मजबुत हुने र समाजिक क्षेत्रमा सबै संगै हुन प्रेरित हुने बताए ।

त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन पाल्पाका स्ववियु सभापति कृष्ण अर्यालले संघ, संगठनका गतिविधि भैराखेको बेला यो नमुना कार्यले सबैमा सकारात्मक सन्देश प्रबाह भएको र अभियानले पुर्ण सफलता पाउनु पर्ने कुरालाई जोड दिदैँ राष्ट्रप्रेमी बस्याललाई बधाई सहित शुभकामना दिएका थिए।

त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापकहरु, पुर्व स्ववियु सभापती हरिवोल भट्टराई लगायत कार्यक्रममा उपस्थित सबैले कार्यक्रमलाई सफलताको शुभकामना दिएका थिए।

एकघर एक लालिगुँरास अभियानले चर्चा बटुलेका राष्ट्रप्रेमी बस्यालले एक हप्ता अगाडी बृद्द आश्रममा दर खुवाउने कार्यक्रम सम्पन्न गरेका थिए। उनी अहिले त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सदस्यमा समेत रहेका छन ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले शनिबार राति रुसमाथि यस वर्षकै सबैभन्दा ठूलो ड्रोन आक्रमणमध्ये एक गरेको छ। रुसका अनुसार युक्रेनी सेनाले रातभर १,०१५ वटा…

प्लास्टिकको डब्बा छ सिट्ठी लागेको भात छ भातभित्र अलिकति तरकारी छ कसैको अर्को डब्बामा दाल छ डब्बालाई प्लास्टिकले बेरेको छ…

फ्रान्समा बढ्दो महँगी, सार्वजनिक सेवामा लगानीको कमी, शिक्षा क्षेत्रमा देखिएका समस्या तथा सरकारको कामप्रति असन्तुष्टि जनाउँदै देशभर भएका प्रदर्शन शनिबार…

प्रतिकृयाहरू
...