Sunday 27th September 2026

मोदी युक्रेनको औपचारिक भ्रमणमा जाँदै


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

विदेश मन्त्रालयका सचिव तन्मय लालले प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । उनले भने, ‘यो महत्वपूर्ण र ऐतिहासिक भ्रमण पनि हो, किनभने हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा बढी समयमा कुनै भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने यो पहिलो पटक हुनेछ ।’

रुस-युक्रेन द्वन्द्वका भारतले यो द्वन्द्व कूटनीति र संवादबाट समाधान गर्न सकिने धारणा राख्दै तटस्थ भूमिका खेल्दै आएको छ ।

मोदीले फेब्रुअरी २०२२ मा रूस-युक्रेन युद्धपछिइटाली र जर्मनीमा जी ७ देशको सम्मेलनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटेका छन्, तर उनले अहिलेसम्म युक्रेन भ्रमण भने गरेका छैनन् ।

युक्रेनअघि प्रधानमन्त्री मोदी पोल्याण्डको औपचारिक भ्रमणमा जाने विदेश मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...