Friday 16th January 2026

मोदी युक्रेनको औपचारिक भ्रमणमा जाँदै


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाने भएका छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

विदेश मन्त्रालयका सचिव तन्मय लालले प्रधानमन्त्री मोदीले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्ने जानकारी दिएका हुन् । उनले भने, ‘यो महत्वपूर्ण र ऐतिहासिक भ्रमण पनि हो, किनभने हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा बढी समयमा कुनै भारतीय प्रधानमन्त्रीले युक्रेनको भ्रमण गर्ने यो पहिलो पटक हुनेछ ।’

रुस-युक्रेन द्वन्द्वका भारतले यो द्वन्द्व कूटनीति र संवादबाट समाधान गर्न सकिने धारणा राख्दै तटस्थ भूमिका खेल्दै आएको छ ।

मोदीले फेब्रुअरी २०२२ मा रूस-युक्रेन युद्धपछिइटाली र जर्मनीमा जी ७ देशको सम्मेलनमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई भेटेका छन्, तर उनले अहिलेसम्म युक्रेन भ्रमण भने गरेका छैनन् ।

युक्रेनअघि प्रधानमन्त्री मोदी पोल्याण्डको औपचारिक भ्रमणमा जाने विदेश मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...