Sunday 1st November 2026

नेपालका स्पाइनल कडका बिरामीलाइ कुवेतबाट अार्थिक सहयोग


नेपालका स्पाइनल कड पीडितलाइ कुवेतबाट अार्थिक सहयोग प्रदान गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका – १०, कोलम्फे घर भएका निरज थापालाइ कुवेतस्थित नेपालीहरूबाट संकलित रू १००००० अक्षरूपी एकलाख रूपैयाँ सहयोग गरिएको हो । स्पाइनल समस्याको कारण हात खुट्टा नचल्ने भएर बिस्तारा परेका थापाको उपचार सहयोगार्थ सो रकम पठाइएको हो ।

घरायसी अार्थिक स्थिति निकै कम्जोर भएका कारण घर परिवारले अस्पतालमा उपचार गराउन असमर्थ भइ अस्पतालबाट घर फिर्ता ल्याइएको एवं स्पाइनल कडको समस्याको कारण बिस्ताराबाट हलचल गर्न नसक्ने भएर उपचार सहयोगार्थ देश विदेशमा रहेका नेपालीहरूसँग हार गुहार मागेपछि कुवेतस्थित पत्रकार शिवराम पाैडेलले निज थापाको सहयोगार्थ चन्दा बाकसमार्फत सहयोग संकलन गरि नेपाल पैसा पठाइएको हो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...