Friday 28th February 2025

भारत विरोधी कम्युनिष्ट र चीन विरोधी कांग्रेस बाट देश बन्दैन


तोयानाथ उपेक्षित, २००७ सालमा राजा त्रिभुवन गद्दी छाडेर लुसुक्क दिल्ली गएका थिए । कसैले तिनको भारत पलायन लाई मुलुक र प्रजातन्त्रका लागि ठुलो त्यागका रुपमा व्याख्या गरे , कसैले भगौडा राजा भनिदिए । भाग्ने लाई ज्यान जोगाउनु थियो शरण दिने लाई जस लिनु थियो । त्यसपछि भारतले आफ्नो स्वार्थ पुरा गर्न जे जे गर्दै गयो सवैलाई थाहा छ । राजा महेन्द्रको पालो आयो । उनी निक्कै दुरदर्शी र राष्ट्रवादी थिए । भारतलाई टक्कर दिन पछि परेनन र उनले देशलाई नयाँ स्वरुपमा ढाले । उनको पञ्चायती व्यवस्था चीन र भारतको दवावबाट मुक्त हुने मध्यमार्गि राजनैतिक व्यवस्थापन थियो र यो एक हद सम्म सफल थियो । यो भारतलाई मन परेन त्यस पछि भारतले कांग्रेसलाई पाल्ने पाष्ने काम गरर्यो र पञ्चायत विरुद्ध भरपुर प्रयोग गरयो । नेपाल ले यसबीच कोशी र गण्डकी गुमायो । तथापी राजा महेन्द्रको पहलमा देश औधोगिकरण र कृषी मा फड्को मारिरहेको थियो । चीन सँग नेपाल को राजतन्त्रको झुकाब का कारण यो सवै सम्भव भएको थियो ।

राजा महेन्द्र राष्ट्रबादी भएको कारण ले नै मारिए । यद्यपी यसमा विवाद छ तर साँचो के हो भने उनी मारिएकै हुन । उनको मृत्यु पश्चात भारतले जे चाहेको थियो त्यो अनुसार उसको डिजायन ले मुर्त रुप लिए पाएन । विरेन्द्रको बंशनास पनि त्यहि लामो शिलशिलाको एक धक्का थियो । विरेन्द्र पनि चीनसँग धेरै नजिक भएका ले उनी माथि उक्त घटना हुन पुग्यो । सवै कुरा छर्लंग छ तर कुनै पनि सरकार चु सम्म बोल्दैनन ।

नेपाल आत्मा निर्भर हुदा भारतलाई टेर्दैन भन्ने बुझेको भारतले पुन कांग्रेस लाई प्रयोग गरर्यो र निजिकरणको नाममा भए भरका सवै कलकारखाना बेच्न लगायो । त्यस पछि कृषीजन्य उधोगहरु को विनाश सँगै किशानको हवीगत भारतमा गहुँ काटन, भारी बोक्न र चौकिदारी गर्न पर्ने ठाउँमा पुग्यो । यति ले पनि भारत सन्तुष्ट भएन । यहाँ रहेका उग्र कम्युनिष्टहरुको भारत विरोधी भावना लाई ठेगान लगाउन उसले क्रमस कदम उठाउदै गयो । त्यसका लागि उसले कम्युनिष्ट नेतृत्वलाई ने प्रयोग गरर्यो । त्यसको उद्धाहरण हो माओवादी जनयुद्ध । प्रयोग भए प्रचण्ड र बाबुराम ।

भारत र अमेरिका विरुद्ध नारा दिएर उठेको जनयुद्ध ले भारत विरुद्ध सुरुंग युद्धको हुँन्कार छाड्यो । नेपाल को उन्नती र प्रगतिको बाधक भारत हो भन्ने बुझाई मा रहेका युवाहरुले माओवादी आन्दोलन लाई साथ पनि दिए तर १० बर्षे युद्धले नेपाललाई थप ५० बर्ष पछि धकेलि दियो । मुलुकलाई सन्तान विहिन बनाएर अहिले तिनै युवा विदेशीरहेका छन । जनयुद्ध धनयुद्धमा रुपान्तरण भएको नेतृत्व लाई उनीहरुले प्रश्न गर्न पनि सकेनन । भारतले प्रवासबाट नेपाली ले पठाएको डलर अन्तत प्राप्त गरिरहेको छ । नेपाल उसको देशको लागि सातौ रेभेन्यु जेनेरट गर्ने राष्ट्र बनेको छ । उसलाई निरन्तर डलर प्राप्त भई रहन्छ । विदेश बाट नेपाल जाने रेभेन्यु ले नेपाल को सत्ता चले सम्म भारतले आफ्नो भरपर्दो बजारको रुपमा नेपाल लाई प्रयोग गरिरहन्छ । उसले नेपाल लाई प्रयोग गर्न नसके भुटान वा सिक्किम बनाउने अर्को कदम उठाउन सक्छ । अखण्ड भारत को उसको मुद्धा को गुद्दी कुरा यहि हो ।

भारत यति शक्तिशाली भई सक्यो की अब चाहेर पनि नेपाल उसको पकड भन्दा बाहिर जान सक्दैन । जोरी खोजे झन गुमाउने, टांगामुनि छिरे अरु हेप्दै जाने अवस्था मा देश पुग्यो । पढे लेखेका युवा ले जसरी देश लाई बुझे पनि उनीहरुको विदेश पलायन सुन्दर भविश्यकै खोजी हो । नेपाल मा भविश्य छैन भन्ने कुरा एक हद सम्म सत्य हो । तर किन भविश्य छैन यसका पछाडीको कारण खोज्ने कस्ले ? थाहा पाएर पनि मुलुक लाई सबृद्धी तर्फ लाने योजना कुनै राजनैतिक दल सँग छैन । नेपाल को बोर्डर खुल्ला छ, नेपाल का नदि नाला सवै उसको कव्जामा छ, नेपालको बजार उसैको हातमा छ , कृषी उत्पादनमा समेत उसको किनेर खाई दिन पर्ने अवस्था बनेको छ । यहाँ बन्ने कुनै पनि सरकार माफिया, विचौलिया, व्यापारी र अपराधी तत्वको चंगुल मा छन । सवै नेताहरु विकाउ र कार्यकर्ता झोले छन । राजतन्त्र नहुदा प्रजातन्त्र ले दिएको यो उपहार स्वीकार्नु को विकल्प छैन । राजा हुदा यति धेरै पराधिन हुन पर्ने थिएन भन्यो भने यहाँ गाली गर्ने हरुको कुनै कमी हुदैन । सत्य स्वीकार्न कसैले चाहादैन ।

भारतको विरोधमा उग्र कुरा गरेर मालदिप मा राष्टपति बनेका मोहमद मईजु अहिले भारतको टांगमुनि छिरेका छन, श्रीलंका को राजपक्षे सरकार सफाचट भएको छ । भुटान भारतको प्रान्त जस्तो भएको छ । सिक्किम उहिले नै भारतले गाभी सकेको छ । हसिना को सरकारको विरुद्धमा भएको तत्काल को आन्दोलन ले स्थापित गरेको मोहमद युनुस को सरकारले अहिले नै घुडा टेकि सकेको छ । उसले हसिना को भन्दा धेरै भारतभक्ति नदेखाए त्यहाँ सधै को अशान्ति र रत्तपात भई रहन्छ । बंगलादेश, श्रीलंका, र मालपिद को समुन्द्रि बोर्डर भएर पनि यो अवस्था छ भने नेपाल त उसको खोकिलोमा सुतिरहेको छ । भारत विरोधी पाकिस्तान कटौरा लिएर बाहिरी विश्व सँग भिख मागिरहेको छ । यसर्थ भारतको विरोध गर्दा आत्मारति त होला तर फाईदा केही हुदैन । भारतले अव वरिपरि का साना देशहरुको विरोधलाई भैसिका आंगमा झिंगाको टोकाई जति पनि महसुस गर्दैन ।

नेपाल मा रहेको भारत विरोधी कम्युनिष्ट जमात र चीन विराधी कांग्रेस को शक्ति लाई प्रयोग गरेर अमेरिका छिर्दैछ । उसले बंगलादेशमा आफ्नो आर्मी बेसको लागि २०० बर्ग किलोमिटरको टापु मागेको र नदिए पछि हसिना विरोधी आन्दोलनमा लगानी गरेको कुरा आईरहेको छ । एमसीसी त्यसैको एउटा अंग हो । बंगला देशमा टापु मागेको अमेरिकाले नेपाल मा एमसीसी मार्फत आफ्नो बेस तयार गरिरहेको छ । विकाउ नेताहरु ले देशको भविश्य र भावि सन्तानको स्वभिमानमाथि बुट बर्जाने आधार तयार गरिसकेका छन ।

भारत एमसीसी का विरुद्ध खुल्न सकेको छैन किनकी उ कहि न कही अमेरिकन लबीमा छ । तर विआरआई लाई कार्यन्वाईन हुन नदिन उसले सवै तागत लगाई रहेको छ । चीनले बनाएका दुई विमानस्थलमा भारतले आकाश नदिनु त्यसको उदाहरण हो । एक प्रकारले देशमा भारतको चाहाना र अमेरिकाको योजना दुवै अघि बढिसकेका छन यसलाई अब कसैले चाहेर पनि रोक्न सक्दैन । एक दिन यस्तो आउछ की चीन ले नेपाल का डाडा डाडामा बम खसाल्न थाल्नेछ ।

भारत र चीन सँग नेपाल ले फाईदा लिने भन्ने युग समाप्त भई सकेको छ । अब जे लिनु हो उनीहरुले लिने छन । नेपाल अब असंलघन परराष्ट्र नितीको विरुद्धमा अघि बढेको छ । पञ्चायत वा राजा फालेर नेपालका दलहरु सफल भएको यहि मात्र एउटा विषय हो । उनीहरु जे काम का लागि प्रयोग हुनु थियो भईसके । एउटा प्याधाका रुपमा बर्तमान नेतृत्व विकाश भई सकेको छ । जसले देशलाई पूर्ण रुपमा असफल बनाएको छ । भविश्यमा शक्ति राष्ट्रहरुको क्रिडास्थल बन्ने निश्चित भएको छ । देश छाड्ने युवाहरु मुलुकमा रहेको बोका राष्ट्रवादी कम्युनिष्ट युवाहरु र लुते कांगे्रस का भजन मण्डली चलाउने कार्यकर्ताहरु भन्दा सुरक्षित छन । उनीहरुले मुलुक छाडेर आफ्नो सन्तान को भविश्य सुरक्षीत गरेका छन । अझ उनीहरु भन्दा पनि धेरै हाम्रा नेताहरु, प्रशासकहरु, सुरक्षाकर्मीका सन्तानहरु, व्यापारी, तस्कर र माफियाहरु र तिनका आफन्तहरु विदेशमा जमिसकेका छन । भोली यी सवैको गन्तव्य त्यही हो, त्यतिन्जेल उनीहरुले देश लुट्ने मात्र हुन उनीहरुलाई देशको माया पटक्कै छैन ।

आर्दश कुरा , दर्शन र सुशासन का कुरा अब कुनै कुरा होईनन । यी सवै बकम्फुसे गफ भएका छन । देशलाई भ्रष्ट नेता, नेतृत्व र उनीहरुको कव्जा बाट जोगाउन सजिलो छैन तर सम्भव अझै पनि छ । यहाँ बंगालादेश वा श्रीलंका को जस्तो आन्दोलन जरुरी छ त्यसपछि नयाँ शिरा बाट विदेश निती अघि बढाउन सक्नु पर्दछ । राजा नहुदा यहाँ भित्र खेल्न जति सजिलो बाह्य शक्तिलाई छ त्यति सजिलो राजा हुदा हुदोरहेन रहेछ भन्ने बुझ्न पनि जरुरी छ ।


सम्बन्धित शीर्षकहरु

एक जना नाग रिक।१ आई एन जिओ कर्मी ।२ आय राम्रो बानी राम्रो ।३ देह रोगी हुंदै गयो ।४ भयो…

आम आदमी पार्टीका धेरै विधायकलाई एक दिनको लागि दिल्ली विधानसभाबाट निष्कासित गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार निष्कासित विधायकहरूमा विपक्षी…

कुवेतस्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा चितवनकी शारीरिक अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग गरिएको छ ।…

प्रतिकृयाहरू
...