Saturday 4th January 2025

चित्रमा पञ्चाङ्ग, भागः १२१


पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १

प्रशिक्षक :
———–
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण
————————-
चन्द्रावती अधिकारी

चित्र सङ्कलन
———————–
सामाजिक सञ्जाल

समायोजक
—————–
सविता के.सी.

चित्रमा पञ्चाङ्ग
===========

पञ्चाङ्ग १

कम्मर मात्र हैन हात खुट्टा पनि भाँच तिमी
म बाजा बजाउँछु प्रिय सकेजति नाच तिमी
तिम्रो खुसी हेरेर म पनि त रमाउन सक्छु
बाँच्ने भनेको यसरी नै हो मायालु बाँच तिमी
दुःख पीडा बिर्सिदेऊ पिरती मात्र साँच तिमी ।

सविता के.सी.

पञ्चाङ्ग २

आधुनिक युग हो केही पनि हुनसक्छ
पशुहरू पनि गरिब धनी हुनसक्छ
मानिसले परम्परा तोडेर पो केभयो
हिसब एकदिन गनि-गनि हुनसक्छ
मानिस चौअनी पशु आठनी हुनसक्छ ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

पञ्चाङ्ग ३

पशुमा नि चेतना नयाँ नयाँ आउन थाले अब
तालिम पाए भने बुद्धि राम्रो लाउन थाले अब
जनावर पनि त दुःखसुख साटेर बाँच्न खोज्छन्
हेर्नुस् कुकुर पनि नाच्न अनि गाउन थाले अब
नौला नौला काम गरी सन्तुष्टि पाउन थाले अब ।

श्रीकृष्ण शर्मा पोखरा –५, मालेपाटन

पञ्चाङ्ग ४

जीवनमा उतावचढाव आउन लागे
संगीत सिक्न कुकुर पनि धाउन लागे
थाह भो अनेकौं सन्तुष्टिहरु पूरा गर्न
ईश्वरको वरदान समेत पाउन लागे
अचम्म खुसीको लागि नाच्न गाउन लागे ।

पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे

पञ्चाङ्ग ५

तालिम पायाे भने कुकुरले जे पनि गर्न सक्छ
जाचगान मात्रै हाे र अनुसन्धानमा सर्न सक्छ
जनावरले बाेल्न सक्तैनन् जुन बेग्लै कुरा हाेला
यिनीहरूकाे काम हेर्दा त मान्छे भर पर्न सक्छ
कुकुर बफादार भई स्वामीकाे लागि मर्न सक्छ ।

नवराज भट्ट
कञ्चनपुर

पञ्चाङ्ग ६

भुक्ने कुकुरदेखि नडराउनु भुकिरहन्छ ऊ
टोक्ने कुकुर होसियार रहनु सुतिरहन्छ ऊ
मुखमा राम जप्दछ बगलीमा छुरा लुकाएर
बाहिर चिप्लो भित्र चैँ खुट्टा तान्न लुकिरहन्छ ऊ
मुुखले ठिक्क पारी दाउमा बाटो ढुकिरहन्छ ऊ ।

लक्ष्मी दास शर्मा ✍️
टासिछोलिङ, साम्ची, भुटान 🇧🇹

पञ्चाङ्ग ७

बाजाको धुनसँगै रमाउ है प्रिय
बाहुमा मलाई नै समाउ है प्रिय
सन्तानको लागि त केही गर्नु पर्छ
सधैं साथ मेरो छ कमाउ है प्रिय
हामी दुईको जोडी जमाउ है प्रिय ।।

धनमाया चौधरी कैलाली

पञ्चाङ्ग ८

जानि जानि कसैलाई गरिँदैन प्रेम
तानि तानि कसैलाई गरिँदैन प्रेम
बाधाहरू धेरै हुन्छन् गर्दा माया साँचो
छानि छानि कसैलाई गरिँदैन प्रेम
मानि मानि कसैलाई गरिँदैन प्रेम ।

खोम काफ्ले,✍️
दागाना,निचुला,भूटान,🇧🇹

पञ्चाङ्ग ९

चिन्ता नगर प्रिय खुशी फिर्ता आउन सक्छ
संङ्गितको धुनसँगै मीठो गीत गाउन सक्छ
हाम्रो सपना पूरा भएन भनेर चिन्ता नगर,
हाम्रो सन्तानले एकदिन अवार्ड पाउन सक्छ
देश बिदेश सबैतिर मज्जाले धाउन सक्छ ।
कला ढकाल झापा

पञ्चाङ्ग १०

मान्छेको जिन्दगी खेल बनेपछि
आखिरी आँसुको भेल बनेपछि
टिप्न गाह्रो हुन्छ आकाशको फल
कालो कागलाई बेल बनेपछि
यो आफ्नै निवास जेल बनेपछि ।
– आर्त अकुलीन

👉 पञ्चाङ्ग 🇧🇹 ११
उदाहरण त पशुबाट हो, ग्यान चाहिँ मानिसको लागि
मिलोस् या नमिलोस् त्यो सभ्य ताल, ध्यान चाहिँ मानिसको लागि
नचाहिँदो कति पत्याउने? बरु उदाहरण विचारौँ न
समयसँगै परिस्थिति बुझ्न, छ्यान चाहिँ मानिसको लागि
ढिलो र छिटो स्थितिसँग तर, न्यान चाहिँ मानिसको लागि ।

✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

पञ्चाङ्ग १२

चेतना पलाए पछि अनेक हुन सक्छ
कर्मले आफ्नाे मनकाे मैलाे धुन सक्छ
पशुपङ्छीलाई माया गराैँ सम्मान गराैँ
सुखमा हाँस्ननी सक्छ दु:खमा रुन सक्छ
प्रशिक्षण दिन सके आकाश छुन सक्छ ।

सूर्यगिरी – पाेखरा

पञ्चाङ्ग १३

नौमति बजाउ या पन्चेबाजा बजाउ माया
सिन्दुरको धर्कोले त्यो सिउदो सजाउ माया
घुम्टो ओढेको तिम्रो मुहार बिस्तारै उघारी
खोलेर हेर्दा तिमी अलिअलि लजाउ माया
संस्कारलाई छाडी तिमी टाढा नजाउ माया ।

-पशपती राई खोटाङ ।

पञ्चाङ्ग १४

एउटा दया बाँढी माया मनमा सर्न समयले बताउँछ
अर्को कठिनाइ मार्गमा सुवास छर्न समयले बताउँछ
हृदयको फराकिलो फाँटमा,बुद्धि विवेकको नयाँ आँटमा
दुनियाँ सामू कन्चन उजागर गर्न समयले बताउँछ
कुनै बेलाको गुनले फेरि भर पर्न समयले बताउँछ ।

✍️प्रेम थापा “मन”बागलुङ


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क: डोनाल्ड ट्रम्पलाई एक आपराधिक मुद्दामा जनवरी 10 मा सजाय सुनाइनुपर्छ जसमा उनी एक पोर्न स्टारलाई भुक्तान गरिएको पैसा समावेश…

हमासले गाजा युद्धविराममा अप्रत्यक्ष वार्ताको नयाँ चरण शुक्रबार कतारको दोहामा पुनः सुरु भएको बताएको छ, जसमा जतिसक्दो चाँडो सम्झौतामा पुग्ने…

कोलम्बो: श्रीलंकाको नयाँ सरकारले यसलाई एसियाको सबैभन्दा स्वच्छ देश बनाउने र वातावरणीय न्यायका सिद्धान्तहरू लागू गर्ने उद्देश्यले राष्ट्रव्यापी परियोजना सुरु…

प्रतिकृयाहरू
...