Sunday 27th September 2026

कविता:डर छ,देश नै बेचिन्छ


हामीलाई काँग्रेस चाहियो
कम्निस्ट चाहियो
माओवादी चाहियो
राप्रपा चाहियो
रासपा चाहियो

हामीलाई प्रजातन्त्र चाहियो
गणतन्त्र चाहियो
देश टुक्रा पारेर प्रदेश चाहियो
प्रदेश प्रदेशमा मन्त्री चाहियो

हामीलाई यी सबै चलाउन बजेट चाहियो
राजनीति गर्नै पर्यो
विकास चाहिएन
नेता चाहियो
हामीले नेता चिनेनौ
हामीलाई नेताले चिने
नेताले जाल हाने
हामीलाई दलाल लगाएर बेचे
हामीलाई सुरुमा विदेश जाने रहर चलाए
अहिले बाध्यता बनाए
विदेश नगई नहुने भयो
जहाज चड्नै पर्यो

हामीलाई कांग्रेस,कम्निस्ट,माओवादीले खान दिँदैन
गणतन्त्रले गाँस बाँस र कपास दिनदैन
गरिबी दिन्छ ,भोक रोग र शोक दिन्छ
पासपोर्टमा बाँधेर श्रमिक बनाउँछ
विदेश जान बाध्य गराउँछ

हामीलाई यति नगराई कांग्रेस पलिदैन
कनिष्ट पालिदैन,माओवादी पलिँदैन
हामी बिना प्रदेश चल्दैन
हामीलाई बैदेसिक श्रमिक बनाएर
हामीबाट नै रेमिटेन्स भित्र्याउँछ

हामीबाट बगेको पसिना खाएर
हामीलाई नै गणतन्त्रको कथा सुनाउँछन
तातो बालुवामा जलाउँछन
घर परिवारबाट टाढा पुर्याउँछन्
हामीलाई सबै दुःखको जिम्मा लगाउँछन्
देशलाई राजनीतिक विर्ता बनाउँछन्
हामीलाई कुल्चिएर गणतान्त्रिक राजाहरू
हामीलाई नै निरंकुश गणतान्त्रिक शासन चलाउँछन्

हाम्रो न आज भबिस्य छ
न,भोलि देखिन्छ
हामीलाई देशको माया मात्र छ
डर छ!
हामीलाई त बेचे बेचे
कुन दिन गणतन्त्र र देश नै बेचिन्छ।

नारायण कोइराला
तानसेन पाल्पा
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...