Monday 22nd September 2025

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले वितेको डेढ वर्षको अवधिमा विश्वासको मत लिन लागेको यो पाँचौं पटक हो ।

प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ ।

प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।

संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् । सुरुवाती चरणमा एमाले अधक्ष्य केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेर बहादुर देउवाले गर्ने सहमति भएको नेताहरु बताउँछन् । यद्धपी सहमति भएको आज ११ दिन बित्दा समेत आजसम्म सहमति पत्र कुनै पनि दललले सार्वजनिक गरिसकेका छैनन् ।


सम्बन्धित शीर्षकहरु

बंगलादेशको चटगाउँस्थित शाह अमानत विमानस्थलमा हालै धेरै अमेरिकी सैन्य विमान र कर्मचारीहरू सञ्चालन भइरहेको देखिएको थियो। यो मुद्दाले बंगलादेशको सामाजिक…

सरकारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्कीलाइ नियुक्त गरेको छ । विभागको मुख्य अनुसन्धान निर्देशक हुतराज थापा ३…

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाइ पदबाट हटाएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाइ मनोज सिलवाललाई…

प्रतिकृयाहरू
...