Monday 7th September 2026

चन्द्रागिरि साहित्य प्रतिष्ठानमा २११ औं भानु जयन्ति विशेष काव्य गोष्ठी


चन्द्रागिरि साहित्य प्रतिष्ठानको १७६ औं श्रृंखला २११ औं भानु जयन्ति विशेष काव्य गोष्ठीको रुपमा सम्पन्न भयो ।

चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एबं बिरिष्ठ महा काव्यकार गोविन्द घिमिरे वेदमणि ज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै वेदमणिले नेपाली भाषा गौरव गर्नु पर्छ भानुभक्तले प्रयास नगरेको भए नेपाली भाषा आजको स्थितिमा आउने थिएन ।भानुभक्तको रामायण अझै पनि दार्जिलिङ,आसाम,देहरादून तिर पढेको पाईन्छ । भारत पश्चिम बङ्गाल ले भानु जयन्तिको दिन बिदा नै दिएर भव्यताका साथ मनाउने गरेको पाइन्छ यो पनि गौरव हो भन्नु हुँदै चन्द्रागिरि साहित्यले भाषा साहित्यको प्रवर्द्धनमा ठूलो टेवा दिएको छ भन्नु भयो ।

बिशिष्ठ अतिथि देवी पन्थीले नेपालमा जन्मेका कविताका लघुत्तम विधाहरुले धेरै नया साहित्यकार जन्माएको छ चारु, खोरिया नेपाली साहित्यकार विश्व सन्जालबाट धेरैले अभ्यास गरिरहनु भएको छ भन्नु हुँदै तनहुँमा हुन गईरहेको भानु जयन्ति विशेष समारोहको बृस्तृत जानकारी गराउनु भयो ।
विशिष्ठ अतिथि जगदीश्वर पोखरेल,डा.छायादत्त न्यौपाने र ललिता दोषीले भानुको जीवनी बारे बोल्नु हुँदै चन्द्रागिरिको साहित्य सेवाको प्रशंसा गर्दै चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तराष्ट्रिय बनेको छ १७६ औं श्रृङ्खला सम्म पुग्नुमा साच्चै साहित्यको सेवा हो भन्नु हुॅदै शुभकामना दिनु भई रचना सुनाउनु भयो।

कवि संगिता खरेलको सफल उद्धघोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरु
,उत्तम भेटवाल,सुधा बास्कोटा ढकाल,भगवति दवाडी,घनश्याम पौडेल,चन्द्रावति अधिकारी,कल्पना मरासिनी लगायत १४ जना साहित्यकारहरुले भानु सम्वन्धी आफ्ना रचना वाचन गर्नु भयो ।

खोरिया प्रवर्तक,चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अबधारणा प्रस्तुत गर्नु हुदै खोरिया लोक छन्द हो शीर्षक दिएर धेरै खोरिया लामो कविता जस्तै पनि लेख्न सकिन्छ भन्दै भानु सम्बन्धि खोरिया एबं सबाई छन्दको भानु विशेष कविता प्रस्तुत गर्नु हुदै प्रमुख अतिथि वेदमणि लगायत सम्पूर्ण उपस्थित साहित्यकार ज्यूहरुमा धन्यबाद ज्ञापन गर्नु भई भानुभक्त भन्दा पनि अगाडि कविहरु थिए तर भानुभक्तलाई आदि कविको रुपमा मानेको पाइन्छ यसो हुनुमा भानुभक्तको रामायण सरल जनजिब्रोले बोलिने भाषा भएकोले नै हो भन्ने मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा दुई बालबालिका र दुई स्वास्थ्यकर्मी पनि…

जर्मनीको स्याक्सोनी-आनहाल्ट राज्यको चुनावमा दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (AfD) पार्टीले ठूलो जित हासिल गरेको छ। पार्टीले करिब ४४ प्रतिशत मत…

अमेरिका र इरानबीचको तनाव पछिल्ला दिनहरूमा थप चर्किएको छ। विश्वकै महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य क्षेत्रमा दुवै देशबीच…

प्रतिकृयाहरू
...