Monday 12th October 2026

अमेजनका मालिक जेफ बेजोस पुनः बने विश्वका सर्वाधिक धनी


अमेरिकी अनलाइन खुद्रा कम्पनी अमेजन डट कमका मालिक जेफ बेजोस पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियलटाइम बिलेनियर्स इन्डेक्सका अनुसार २ खर्ब ६ अर्ब डलर नेटवर्थसहित उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनी यस अघि सन २०१७ देखि २०२१ सम्मका सर्वाधिक धनी व्यक्ति हुन् ।

उनले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई उछिनेर शीर्ष स्थान हाँसिल गरेका हुन् ।

सूचीको दोस्रो स्थानमा रहेका मस्कको नेटवर्थ २ खर्ब ३ अर्ब डलर रहेको छ । गएको २४ घण्टामा उनको नेटवर्थ ३ अर्ब १९ करोड डलरले घटेको छ ।

१ खर्ब ९८ अर्ब डलरसहित फ्रान्सेली लक्जरी टाइकुन बर्नर्ड आर्नो तेस्रो स्थानमा छन् भने सामाजिक सञ्जाल कम्पनी फेसबुक (मेटा)का मालिक मार्क जुकरबर्ग सूचीको चौथो स्थानमा छन् । उनको नेटवर्थ १ खर्ब ७९ अर्ब डलर छ ।


सम्बन्धित शीर्षकहरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

बुढीगण्डकी बाढी प्रभावितको उद्धारमा तीनै सुरक्षा निकाय परिचालन, चार हेलिकोप्टर तयारी अवस्थामा गोरखा जिल्लाको बुढीगण्डकी नदीमा आएको बाढीमा परेका व्यक्तिहरूको…

प्रतिकृयाहरू
...